कीवर्डहरू -

नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?

नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?

डिजिटल वालेट नमस्ते पेले लोयल्टी सेवा सुरू गरेको छ । नमस्ते पेले प्रयोगकर्ताहरूलाई थप उत्प्रेरिणा प्रदान गर्न लोयल्टी सेवा सुरू गरेको हो ।

लोयल्टी पोइन्ट कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित हुनेछ । प्रत्येक प्रयोगकर्ताले हरेक १०० रूपैयाँको खर्चमा २ एनपी क्वाइन/पोइन्ट्स पाउनेछन् । प्रत्येक ८ एनपी पोइन्ट्स/क्वाइनको मूल्य १ रूपैयाँ हुनेछ ।

सेवाहरूको प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताहरूले एनपी पोइन्ट्स सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पेमा उपलब्ध लोयल्टी पोइन्ट्समा आकर्षक प्रस्तावहरू समावेश छन् ।

एनपी क्वाइस प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप रिडिम गर्नसक्ने, विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी पोइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले  एनपी पोइन्ट्स रिडिम गर्ने मौका पाउनेछन् ।