कीवर्डहरू -

इन्स्टाग्रामले प्रयोगकर्ताको अनलाइन एक्टिभिटी ट्रयाक गर्न सक्छः गूगलका पूर्व इन्जिनियर

इन्स्टाग्रामले प्रयोगकर्ताको अनलाइन एक्टिभिटी ट्रयाक गर्न सक्छः गूगलका पूर्व इन्जिनियर

इन्स्टाग्रामले प्रयोगकर्ताहरुको अनलाइन एक्टिभिटि ट्रयाक गर्न सकेको गूगलका पूर्व इन्जिनियरले बताएका छन् । अगस्त १० मा गूगलका पूर्व इन्जिनियर फिलिक्स क्राउजले ब्लग प्रकाशन गर्दै इ्रन्स्टाग्राम र फेसबुकले अनलाइन एक्टिभिटि ट्रयाक गर्ने गरेको उनले बताएका छन् ।

उनका अनुसार यसले प्रयोगकर्ताहरुका लागि विभिन्न खतराको स्थिति सिर्जना गर्न सक्छ । इन्स्टाग्रामले बाह्य वेबसाईटमा भईरहेको एक्टिभिटीरुलाई पनि हेर्न सक्छ ।

एपले पासवर्ड तथा एड्रेस पनि हेर्न सक्ने क्राउजले बताएका छन् । एपले प्रयोगकर्ता गरेको हरेक एक अन्र्तक्रिया र थिचेको हरेक एक बटनलाई चिन्न सक्छन् । यसबाट धेरै डेटा चोरी हुन् सक्ने क्राउजले बताएका छन् ।