कीवर्डहरू -

असुसको नयाँ जेनबुक प्रिमियम ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुसको नयाँ जेनबुक प्रिमियम ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुसले नेपालमा नयाँ जेनबुक प्रिमियम ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले जेनबुक प्रिमियम ल्यापटप इन्क्रेडिबल कम्स फ्रम विदिन क्याम्पेन अभियान अन्तर्गत सार्वजनिक गरेको हो ।

नेपालमा जेनबुक प्रिमियम ल्यापटपको बिक्री असुसको आधिकारिक विक्रेता नागमनी इन्टरनेशनलले गर्दै आएको छ । यसका केही अत्यन्तै रोचक फिचरहरु रहेका छन् । यसको बाहिरी भाग पूर्ण रुपले एल्मुनियमले निर्मित भएका कारणले यसलाई कतै घुम्न जाँदा सजिलै लान सकिन्छ ।

जेनबुक १४ ओएलईडीमा ब्याट्रीको चिन्ता पनि लिनुपर्दैन् । यसमा लामो समय सम्म टिक्ने ७५ वाट आवरको ब्याट्री रहेको छ । यसले प्रयोगकर्तालाई १८ घण्टासम्म काम गर्न दिनछ । यसमा ४९ मिनेटमा ६० प्रतिशत चार्ज पनि गर्न सकिन्छ । यही कारणले चार्ज गर्नम पनि समस्या छैन् ।

यसमा १२ औँ जेनेरेसनको इन्टेल कोर आईसेभेन प्रोसेसर रहेको छ । ल्यापटपमा १६ जीबी र्‍याम र इन्टेल आइरिस एक्सई ग्राफिक्स रहेको छ । यसले वायरलेस कनेक्सन पनि प्रदान गर्ने गर्दछ ।

यसको तौल १.४ किलोग्रामको रहेको छ । यो सेप्टेम्बर ७ अर्थात आजदेखि दराजमा र अरु कम्प्युटर स्टोरमा २ लाख १४ हजार ४ सय ४४ रुपैयाँमा उपलब्ध हुन्छ ।