कीवर्डहरू -

यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट

यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट

पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वालेट, मोबाइल बैंकिङ लगायतका विकल्प छन् । ती मध्येको एक विकल्प हो, कनेक्ट आईपीएस ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत माघसम्म कनेक्ट आईपीएसका ७ लाख ९३ हजार १५१ प्रयोगकर्ता रहेका छन् । कनेक्ट आईपीएसको एउटा फाइदा भनेको यसमा रकम लोड गर्नुपर्दैन् र सिधै आफ्नो बैंक खाताबाट विभिन्न सेवाको भुक्तानी गर्न सकिन्छ ।

यदी तपाई पनि कनेक्ट आईपीएस प्रयोग गर्न चाहनुहुन्छ भने यसमा अकाउन्ट बनाउन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो व्यक्तिगत विवरणहरू नाम इमेल र फोन नम्बर राखेर कन्टिन्युमा थिच्नुहोस् । यति गरेपछि त्यहाँ युजरनेम र पासवर्ड राखेर फेरी कन्टिन्युमा क्लिक गर्नुहोस् ।

युजरनेम अहिलेसम्म कसैले प्रयोग नगरेको युनिक हुनुपर्नेछ भने पासवर्ड कम्तिमा नौं क्यारेक्टरको हुनुपर्नेछ, जसमा १ अपर केस, १ लोर केस, १ नम्बर र १ स्पेसल क्यारेक्टर हुनुपर्नेछ ।

त्यसपछि क्याप्चा राख्नुहोस् र टर्म एण्ड कन्डिसन पढेर त्यसमा टिक लगाएर रजिष्टर गर्नुहोस् । यति भएपछि तपाईको रजिष्ट्रेसनको प्रारम्भिक प्रक्रिया पूरा हुन्छ ।

अब अघि अकाउन्ट बनाउँदा राखेको युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् र रजिष्ट्रेसनको बाँकी प्रक्रिया पूरा गर्नुहोस् । नोट, कनेक्ट आईपीएस डटकमबाट लगइन गर्दा क्याप्चा राखेर अगाडि बढ्नुपर्नेछ ।

त्यसपछि मागिएका विवरण सबमिट गरेर अगाडि बढ्नुहोस् । अनि इमेज र फ्रेज छनोट गर्ने र त्यसलाई सधैं याद राख्ने । साथै देखिएको ३ वटा सेक्युरिटी प्रश्नको जवाफ दिने र अगाडि बढ्ने ।

नोट, सेक्युरिटी प्रश्न र यसका जवाफ हरेक पटक पासवर्ड परिवर्तन गर्दा वा रिसेट गर्दा आवश्यक पर्ने हुँदा सम्झेर राख्नुहोला । त्यसपछि गेट कोडमा क्लिक गरेर रजिष्टर गर्दा प्रयोग गरेको मोबाइल नम्बर र इमेलमा आएको ओटीपी कोड राखी भेरिफाई गर्नुहोस् ।

भेरिफाई गरेपछि ६ अंकको ट्रान्ज्याक्सन पासवर्ड राख्नुहोस्, जुन हरेक पटक कारोबार गर्दा आवश्यक पर्छ । ठूलो रकमको कारोबार गर्दा भने ट्रान्ज्याक्सन पासवर्ड बाहेक रजिष्टर गरिएको इमेल र मोबाइल नम्बरमा आएको ओटीपी कोड समेत आवश्यक पर्छ ।

सानो रकमको कारोबार गर्दा ओटीपी नचाहिनको लागि आफुले कारोबारको सीम तोक्नुपर्ने हुन्छ । ५ हजारदेखि १ लाख रूपैयाँसम्मको ओटीपी लिमिट सेट गर्नुहोस् र अगाडि बढ्नुहोस् । यो सबै गरेपछि आफ्नो इमेल र मोबाइल नम्बरमा आएको भेरिफिकेसन कोड राखेर सबमिट गरेर अघि बढ्नुहोस् ।

अब तपाईको कनेक्ट आईपीएसको अकाउन्ट तयार भयो । साथै कनेक्ट आईपीएसको एन्ड्रोइड आईओएस मोबाइल एप डाउनलोड गरेर पनि माथिको प्रक्रिया पूरा गरेर नयाँ अकाउन्ट बनाउन सकिन्छ । अब तपाईले कनेक्ट आईपीएसबाट कारोबार गर्न आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गर्नुपर्ने हुन्छ ।

अनि उक्त खाताबाट सिधैं पेमेन्ट गर्न सकिन्छ । बैंक खाता लिंक गर्न अकाउन्ट लगइन गरी बैंक अकाउन्ट भित्र रहेको लिंक अकाउन्टमा क्लिक गरी मागिएको विवरण राखेर बैंक खाता लिंक गर्न सकिने छ । त्यसपछि कनेक्ट आइपीएसमा आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी आफ्नो मोबाइल नम्बरमा आएको ओटीपी कोड राखेर र टर्म्स एण्ड कन्डिसन पढेर टिक लगाई सबमिट गर्नुपर्नेछ ।

अनि आफ्नो खातामा २ वटा माइक्रो पेमेन्ट जम्मा हुनेछ । सो रकम जम्मा भएको जानकारी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा बैंक स्टेटमेन्टबाट लिन सकिने छ । त्यसपछि माइक्रो डिपोजिट भएको रकम दाखिला गरी सबमिट गर्नुहोस् । यति गरेपछि तपाईको खाता भेरिफाई हुनेछ ।