कीवर्डहरू -

लाभाको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, कति छ मूल्य ? 

लाभाको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, कति छ मूल्य ? 

भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा भारतमा सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । यसअघि इन्डिया मोबाइल कंग्रेस २०२२ मा अनावरण गरेको लाभा ब्लेज फाइभजी मंगलबार औपचारिक रूपमै सार्वजनिक भएको हो ।

लाभा ब्लेज फाइभजीमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज राखिएको छ भने ३ जीबीसम्म भर्चुअल र्‍याम बढाउन सकिने छ ।

यसको स्टोरेजरलाई मेमोरी कार्ड राखेर समेर बढाउन सकिने छ । मिडिया टेकको डायमेन्सिटी ७०० फाइभजी प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ६.५ इन्च एचडी प्लस एलसीडी डिस्प्ले रहेको छ । एन्ड्रोइड १२ अपरेटिङ सिस्टम रहेको फोनमा ५ हजार एमएएच ब्याट्री, ५० मेगापिक्सेल प्राइमरी क्यामेरा र ८ मेगापिक्सेल सेल्फी क्यामेरा जस्ता सुविधा छन् ।

त्यस्तै फोनमा युएसबी टाइपसी र फिंगरप्रिन्टको सुविधा समेत छ । लाभा ब्लेज फाइभजीको मूल्य ९ हजार ९९९ भारतीय रूपैयाँ तोकिएको छ ।