कीवर्डहरू -

  सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?

  सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ ।

फोटो, भिडियो तथा रिल सेयर गर्नमका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी तपाईले चलाईरहने यो एपलाई कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारे जानकारी दिदैछौँ ।

सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने हुन्छ । अब आफ्नो फोनको तल्लो बायाँ भागमा रहेको प्रोफाइल ईमेजमा क्लिक गरेर प्रोफाइल सेक्सनमा जानुपर्ने हुन्छ ।

अब तीन थोप्ला भएको मेन्युमा क्लिक गरेर सेटिंग अप्सनलाई छनोट गर्नुपर्ने हुन्छ । यसपछि सेक्युरिटी अप्सनलाई क्लिक गरेर सेक्युरिटी चेकअप अप्सन छनोट गर्नुपर्ने हुन्छ ।

अब तपाईले पासवर्ड, ईमेल, मोबाइल फोन नम्बर र टू फ्याक्टर अथेन्टिकेसन भन्ने चार ओटा अप्सन देख्नुहुनेछ । पासवर्ड ट्याब प्रयोग गरेर आफ्नो अकाउन्टको पासवर्डलाई अझै सुरक्षित बनाउन सकिन्छ ।

ईमेल ट्याबमा गएर आफ्नो प्राथमिक ईमेललाई अपडेट गर्न सकिन्छ । ईमेल राखेपछि नेक्स्ट बटन थिच्नुपर्ने हुन्छ ।

यतिमात्रै नभएर आफ्नो मोबाइल नम्बरलाई पनि इन्स्टाग्राममा अपडेट गरिरह्यो भने राम्रो हुने गर्दछ । अरु एपमा जसरी नै इन्स्टाग्राममा पनि टू फ्याक्टर अथेन्टिकेसन सुचारु गरेमा एपलाई सुरक्षित बनाउन सकिन्छ ।