कीवर्डहरू -

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित

आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा सम्मानित गरेको छ ।

मंसिर ७ गते राष्ट्रिय कर दिवसको अवसरमा टेलिकमलाई विभागले सबैभन्दा धेरै आयकर बुझाउन करदाताको रूपमा सम्मानित गरेको हो ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले देशभरि नै आफ्नो सेवा विस्तार गरेको छ । टेलिकम अहिले फाइभजी परीक्षणको चरणमा रहेको छ ।