कीवर्डहरू -

मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने

मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने

आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मेरो किरानाबाट खरिद गरेको सामानको पैसा आईएमई पेबाट तिर्दा १५ प्रतिशतसम्म छुट पाइने छ ।

मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू. ३०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ । यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्नुहुनेछ ।

आ-आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।