कीवर्डहरू -

सामसङको अफर, टिभी खरिदमा इन्स्टलेसनदेखि साउन्डबारसम्म निःशुल्क

सामसङको अफर, टिभी खरिदमा इन्स्टलेसनदेखि साउन्डबारसम्म निःशुल्क

विश्वकप फुटबललाई लक्षित गर्दै सामसङले ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । टिभिहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम युएचडी टिभिहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशत सम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना सामसङले ल्याएको हो ।

सामसङ टिभिहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइज बिना इमर्सिभ दृश्य प्रदान गर्नेछ, जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ ।

ग्राहकहरूले आफुले छनोट गरिएका आउटलेटहरूबाट टिभि खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, डिस्काउन्ट भोउचरहरूसहित विभिन्न लोकप्रिय रेष्टुरेन्टहरूमा स्वादिष्ट भोजनको आनन्द लिदै ठूला सामसङ टिभि स्क्रिनहरूमा फुटबल हेर्न सक्ने बताइएको छ ।

यसका साथै ग्राहकहरुले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन समेत प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।  यसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्स अन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत एक्सचेन्ज गर्नुपर्नेछ । ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ यो अफर ३१ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।