कीवर्डहरू -

के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक 

के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक 

जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । यसले गर्दा इमेल पठाउन एकदमै सहज हुने गर्दछ ।

तर त्यही सहजताका कारण कहिलेकाँही नचाहिने वा अनावश्यक ईमेलहरु पनि आइरहेका हुन्छन्, जुन हामीलाई आवश्यक हुँदैनन् । आज हामी ईमेलमा कुनै पनि सेन्डरलाई कसरी ब्लक गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

यसका लागि सर्वप्रथम कम्प्यूटर वा स्मार्टफोनमा आफ्नो जिमेल अकाउन्टमा जानुहोस् । अब तपाईले ब्लक गर्नुपर्ने ईमेल प्रेषकको ईमल खोल्नुहोस् । यति गरेपछि तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको ड्रपडाउन मेन्युबाट ब्लक अप्सनलाई छनोट गर्नुपर्ने हुन्छ ।

यही प्रक्रियालाई प्रयोग गरेर कसैलाई झुक्किएर बलक गरिएको छ भनेपनि अनब्लक गर्न सकिन्छ । कुनै ठाउँबाट धेरै न्यूजलेटर वा प्रोमेसन आईरहेको छ भने पनि अनसब्सक्राइब गर्न सकिन्छ ।