कीवर्डहरू -

वेद आन्टरप्रेनरसीप वर्ल्डकपको राष्ट्रिय विजेता, कतारमा नेपालको प्रतिनिधित्व गर्ने 

वेद आन्टरप्रेनरसीप वर्ल्डकपको राष्ट्रिय विजेता, कतारमा नेपालको प्रतिनिधित्व गर्ने 

स्कुल म्यानेजमेन्ट सफ्टवेयर वेद आन्टरप्रेनरसीप वर्ल्डकप २०२२ को राष्ट्रिय विजेता बनेको छ । विभिन्न ७ प्रतिस्पर्धीमध्येबाट वेद राष्ट्रिय विजेता बनेको हो ।

आन्टरप्रेनरसीप वर्ल्डकप लागि राष्ट्रिय आयोजक नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको एक कार्यक्रममा ७ जना प्रतिस्पर्धीले गरेको पिचिङ र आईडियाबाट वेदलाई राष्ट्रिय विजेता छनोट गरिएको जनाइएको छ ।

नेपालबाट आन्टरप्रेनरसीप वर्ल्ड कप २०२२ विजेता भएसँगै आगामी मार्चमा कतारमा हुने आन्टरप्रेनरसीप वर्ल्डकपमा वेदले नेपालको प्रतिनिधित्व गर्नेछ ।

कतारमा हुने फाइनलमा नेपालसँगै विश्वका अन्य देशका स्टार्टअप पनि सहभागी हुनेछन् । त्यहाँ हुने प्रतिस्पर्धाबाट उत्कृष्टलाई लाखौं नगद पुरस्कारसहित विभिन्न सुविधा पाइने छन् ।

वेद नेपालमा बनेको नेपालको लोकप्रिय विद्यालय व्यवस्थापन सफ्वटेयर हो । यसले नेपालको शैक्षिक क्षेत्रलाई डिजिटाइज गरिरहेको छ । नेपालका ८०० बढी स्कुल तथा कलेजमा वेद प्रयोग भइरहेको छ ।