कीवर्डहरू -

१४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा

१४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा

१४ औं वार्षिकोत्सवको अवसरमा इसेवाले विभिन्न छुट दिने भएको छ । इसेवाले बुधबार आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सव मनाउँदै छ ।

बुधबार इसेवा १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवको दिन माघ ११ गते बुधबार इसेवाले विभिन्न समयका लागि विभिन्न अफर ल्याएको छ । इसेवाले ल्याएको अफरको बुधबार मात्रै लिन सकिने छ ।

यस्ता छन् इसेवाले बुधबारका लागि ल्याएको अफर

बैंक अकाउन्ट लिंक अफर

बुधबार बिहान ९ बजेदेखि १० बजेसम्म इसेवामा पहिलो पटक बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताले १४० रूपैयाँ क्यासब्याक पाउने भएका छन् ।

डायमण्ड आवर अफर

बिहान १० बजेदेखि ११ बजेसम्म (डायमण्ड आवर) इसेवाको १ रिवार्डमा नाकमा लगाउने डायमण्डको फुली ७ जनाले जित्ने मौका पाउने छन् ।

यो अफरका लागि उक्त एक घण्टामा १०० रूपैयाँभन्दा माथिको कारोबार गरेको हुनुपर्नेछ । वान रिवार्ड पोइन्ट इसेवाको रिवार्ड पोइन्ट सेक्सनमा देखिने छ ।

मुभी आवर अफर

यो अफर बिहान ११ बजेदेखि १२ बजेसम्म लागु हुनेछ । यसमा २०० रिवार्ड पोइन्टमा ५० जना इसेवा प्रयोगकर्ताले मुभी टिकेट काट्न सक्ने छन् । विकेन्डमा प्रयोग गर्न सकिने टिकटको अन्तिम म्याद भने फेब्रुअरी २० सम्म रहेको छ ।

होटल स्टे अफर

होटल स्टे अफर १२ बजेदेखि १ बजेसम्म लागु हुनेछ । हिमालय दृश्य रिसोर्टमा, आगन्तुक रिसोर्ट, क्लब हिमालय, होटल कन्ट्री भिल्ला, मिस्टिक माउन्टेसन, रूपाकोट रिसोर्ट, होटल सिरान्चुलीमा एक एक वटा रूम पाइने छ ।

त्यस्तै रानीबन रिट्रिटमा ३ वटा रूम र पार्क भिलेजमा २ वटा रूम जित्न सकिने छ । इसेवाको रिवार्ड सेक्सनमा गएर १४ रिवार्ड प्रयोग गरेर यो अफरको मज्जा लिन सकिने छ तर १२ देखि १ बजेसम्म इसेवाबाट कम्तिमा १०० रूपैयाँको कारोबार गर्नुपर्नेछ ।

प्याकेजमा ब्रेकफास्टको समेत सुविधा रहेको छ । होटल स्टे अफरको भौचर ३ महिनाका लागि मान्य हुनेछ । भौचर नेपाली नयाँ वर्ष, भ्यालेन्टाइन डे र अन्य मुख्य होलिडमा लागु हुने छैन् ।

भौचर मेला

भौचर मेला दिउँसो १ देखि २ बजेसम्म चल्नेछ । यो अफर अन्तर्गत द नेक्स्ट लेभल सलुनमा २००० रिवार्ड पोइन्टमा ३ जनाले हाड्रडा फेसियलको सुविधा पाउने छन् । त्यस्तै आवरण स्किन एण्ड हेयर क्लिनिकमा पनि २ हजार रिवार्ड पोइन्टमा ३ जनाले  हाइड्रा फेसियलको सेवा पाउने छन् ।

त्यसैगरी अफरमा केकेएफसीमा ५०० रिवार्ड पोइन्टमा ३४० रूपैयाँ बराबरको डिंकसहित फ्री फ्राइज पाइने छ तर यसका लागि इसेवामा कम्तिमा ५०० रूपैयाँ खर्च गर्नुपर्नेछ ।

त्यस्तै केकेएफसीका लागि १००० रिवार्डमा ५०० रूपैयाँ र १५०० रिवार्डको १ हजार रूपैयाँको भौचर पाइने छ । ५०० रूपैयाँको भौचरका लागि कम्तिमा २ हजार र १००० रूपैयाँको भौचरका लागि कम्तिमा ३ हजार रूपैयाँ इसेवाबाट खर्च गर्नुपर्नेछ ।

यस्तै खानपिनमा पनि ५० रिवार्डमा १०० र १०० रिवार्डमा २०० रूपैयाँको भौचर पाइने छ । भौचर कोड एसएमएसबाट २४ घण्टाभित्र पठाइने छ ।

भौचरमा मेलामा रिम्याक्सको क्यास भौचर पाइने इसेवाले जनाएको छ १००, २०० र ३०० रूपैयाँको भौचर १०-१० जनाले पाउने छन् ।

भोलि नै १०० रिवार्ड पोइन्टमा एउटा केक रिडिम गर्न सकिने छ । यो अफर ७ जनालाई लागु हुनेछ । तर यसमा डेलिभरी चार्ज भने ग्राहक आफैले तिर्नुपर्नेछ ।

बुधबार इसेवाबाट मामाअर्थका प्रडक्ट खरिद गर्न भौचर पाइने छ । यसका लागि ३०० रिवार्ड पोइन्टमा १ हजारको भौचर, ४०० रिवार्डमा १२ सयको भौचर र ६०० रिवार्ड पोइन्टमा १५ सय रूपैयाँ बराबरको भौचर पाइने छ ।

१४ प्रतिशत क्यासब्याक

दिउँसो २ देखि ३ बजेसम्म सञ्चालन हुने यस अफरमा टपअप, एयरलाइन्स, इन्टरनेट, टिभी, विद्युतको बिल तिर्दा १४ प्रतिशत (१४० रूपैयाँ) छुट पाइने छ । यसका लागि esewa14 प्रोमोकोड प्रयोग गर्नुपर्नेछ । त्यस्तै इसेवामा केयरको सेवा लिँदा पनि उक्त प्रोमो कोड प्रयोग गरेर १४ प्रतिशत छुट पाइने छ ।

मेरो शेयर अफर

यो अफर दिउँसो ३ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । मेरो शेयर वार्षिक नवीकरण शुल्दा तिर्दा १०० प्रतिशत क्यासब्याक (५० रूपैयाँसम्म) पाइने छ ।

माथिका यी अफरहरू इसेवाको रिवार्ड सेक्सनमा गएर रिडिम गर्न सकिने छ । प्रयोगकर्ताले प्रत्येक अफरका लागि १०० रूपैयाँको कारोबार गर्नुपर्नेछ ।

एक पटक रिडिम भएको रिवार्ड पुनः फिर्ता आउने छैन् । विजेताको गिफ्ट इसेवाको अफिसमा आएर लिनुपर्नेछ डेलिभर हुनेछैन् ।