कीवर्डहरू -

भाइबरमा नयाँ फिचर, कुनै पनि कम्पनीको म्यासेज अब व्यक्तिको नियमित च्याटमा नदेखिने  

भाइबरमा नयाँ फिचर, कुनै पनि कम्पनीको म्यासेज अब व्यक्तिको नियमित च्याटमा नदेखिने  

भाइबरले बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट फिचरको घोषणा गरेको छ । भाइबरको दीर्घकालीन सुपर एप रणनीति अनुसार  नयाँ फिचर ल्याएको हो ।

बिजनेस इनबक्स र खोज्न मिल्ने कमर्सियल एकाउन्ट फिचर जनवरी २३ देखि विश्वव्यापी रूपमा सार्वजनिक भएका छन् ।

सुपरएप रणनीति अनुसार भाइबरले नयाँ अपडेट ल्याएको राकुटेन भाइबरका सीईओ ओफिर इयाल बताए । सुपर एप रणनीति अनुसार भाइबरको अर्को कदम हो,’ उनले भने, ‘जसले सबै ब्राण्ड–प्रयोगकर्ता माझ सञ्चार र अन्तरक्रियाहरूका लागि सुविधाजनक वन–स्टप–शपको रूपमा काम गर्नेछ ।’

एक अनुसन्धान रिपोर्टका अनुसार ७१ प्रतिशत उपभोक्ताहरूले कम्पनीहरूले व्यक्तिगत अन्तरक्रियाहरू प्रदान गर्ने अपेक्षा गर्ने देखिएको छ । त्यसै अनुसार संस्थाहरुले गुणदायी ग्राहकमुखी निति मार्फत अझ राम्रो सेवा प्रदान गर्ने रणनिति ल्याएका छन् ।

प्रयोगकर्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर भाइबरले पनि ग्राहकलाई राम्रो अनुभव दिन र ब्राण्ड संलग्नता प्रदान गर्ने नयाँ सुविधा थप गरेको हो ।

बिजनेस इनबक्स फिचर अन्तर्गत कुनै पनि कम्पनीको म्यासेज व्यक्तिको नियमित च्याट स्क्रीनमा नगएर  बिजनेस इनबक्स अप्सनमा जानेछ । यस सुविधाले आधिकारिक ब्राण्ड एकाउन्टहरूबाट सबै बिजनेस मेसेजहरूलाई एक फोल्डरमा भण्डारण र व्यवस्थित गर्न अनुमति दिने भाइबरको विश्वास छ ।

प्रयोगकर्ताले आफ्नो पहिलो बिजनेस मेसेज प्राप्त गरेपछि बिजनेस इनबक्स सक्रिय हुनेछ । विगतमा व्यवसायहरूसँग कुराकानी गरेका प्रयोगकर्ताहरूले व्यवसायहरूसँगका सबै च्याटहरू स्वचालित रूपमा व्यापार बिजनेस इनबक्समामा देख्न पाउने छन् ।

बिजनेस इनबक्स फोल्डर च्याट सूचीमा सिर्जना भएपछि सबै बिजनेस मेसेजहरू पूर्वनिर्धारित रूपमा त्यहाँ जानेछन् । बिजनेस इनबक्सले प्रयोगकर्ताहरूलाई आफ्नो भाइबर अनुभवलाई कस्टमाइज गर्न र ब्राण्डहरूसँगको अन्तरक्रियालाई सुविधाजनक तरिकाले व्यवस्थित गर्न दिनेछ ।

प्रयोगकर्ताहरूले भाइबरको मुख्य  सर्च बारमा व्यवसायको नाम टाइप गरेर सक्रिय रूपमा यी एकाउन्टहरू (बिजनेसहरू) खोज्न पनि सक्नेछन् ।

त्यस्तै कमर्सियल एकाउन्टमा प्रवेश गर्ने प्रयोगकर्ताहरूले ब्राण्डको शीर्षक, लोगो, प्रमाणीकरण ब्याज, विवरण, सम्पर्क जानकारी, र भाइबरमा उपलब्ध सञ्चार च्यानलहरू देख्नेछन् । एकाउन्टको ब्राण्ड अझ धेरै प्रयोगकर्ता माझ पुर्याउन अरूलाई पनि फर्वार्ड गर्न सकिन्छ ।

ब्राण्डहरूले तीनवटा ठेगानाहरू, एक वेबसाइट, फोन नम्बर, र १००० वर्णहरू सम्मको विवरण थप्न सक्षम हुनेछन् ताकि प्रयोगकर्ताहरूले उनीहरूले खोजिरहेका सबै जानकारीहरू फेला पार्न सकुन् ।

कमर्सीयल अकाउन्ट अन्तर्गत भाइबरले प्रयोगकर्ताहरूको सहजताका लागि अझै बडी च्यानलहरू उपलब्ध गराई सिंगल एकाउन्ट अन्तर्गत अझ थप सेवाहरु जस्तै बुकिङ, लोकेसन, व्यवसाय कल सुविधा ल्याउने जनाएको छ । यस बर्षको उत्तरार्धमा एपले साना तथा मझौला व्यवसायहरुलाई थप व्यवसाय प्रवर्द्धनको अवसर प्रदान गर्नेछ ।

बिजनेस इनबक्स र कमर्सियल एकाउन्टको साथमा भाइबरले व्यवसायमा संलग्न हुँदा प्रयोगकर्ताको सुरक्षा र विश्वासलाई अझ बढाउने लक्ष्य राखेको छ ।