कीवर्डहरू -

आज राईड शेयरिङ एप ट्याक्सीमाण्डुबाट निःशुल्क ट्याक्सी चढ्न सकिने, यस्तो छ तरिका 

आज राईड शेयरिङ एप ट्याक्सीमाण्डुबाट निःशुल्क ट्याक्सी चढ्न सकिने, यस्तो छ तरिका 

मंगलबार राईड शेयरिङ एप ट्याक्सीमाण्डु बाट निःशुल्क ट्याक्सी चढ्न सकिने भएको छ । सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपबाट निशुल्क सेवा लिन सक्नेछन् ।

राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि नि:शुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा निःशुल्क सेवा दिन लागेको कम्पनीको भनाइ छ ।

ट्याक्सीमाण्डु एपबाट ट्याक्सी बुक गर्दा NEPALRIDE प्रोमो कोड प्रयोग गरेर नि:शुल्क सुविधा लिन सकिने छ । ट्याक्सीमाण्डुको मोबाइल एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।