आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

फिर्ता आयो ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट 

ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट @PM_Nepal_पुनः फिर्ता आएको छ । बुधबार बेलुकीदेखि ट्विटर ह्याण्डलमा अनाधिकृतरुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको थियो । 

ट्विटर ह्याण्डलमा टु फ्याक्टर अथेन्टिकेसन लगायतका सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

अकाउन्ट ह्याक भएको घटनाबारे छानबिन जारी रहेको र यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक कार्यालयले जनाएको छ । 
 

सम्बन्धित समाचार