कीवर्डहरू -

यस्तो छ स्मार्टफोन क्यामेराको विकासक्रम

यस्तो छ स्मार्टफोन क्यामेराको विकासक्रम

जब तपाई बजारमा नयाँ फोन किन्न जानुहुन्छ, तब तपाइले सबैभन्दा पहिले फोनको फिचर र क्यामेराको विवरण हेर्नुहन्छ ।

फोनको बढी प्रयोग घुम्न जाँदा र पिकनिकको फोटोदेखि सेल्फी खिच्नसम्म हुन्छ । आजको युगमा २०० मेगापिक्सेलसम्म क्यामेरा सेन्सर भएका फोन आउन थालेका छन् ।

स्मार्टफोनमा पञ्च होल डिस्प्लेमा क्वाड क्यामेरा ल्याउनु अहिले सामान्य भइसकेको छ । तर अहिलेका एकदमै स्मर्टाफोनसम्म आइपुग्न भने थुप्रै तहगत विकासह रुभएपछि मात्रै सम्भव भएको थियो ।

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि आज आउने ठूला पिक्सेल फोन तथा स्मार्टफोनहरू कसरी यति उन्नत चरणमा पुगे । आज हामी तपाईलाई यस लेखमा मोबाइल फोनको जगतमा भएको विकासक्रम सम्बन्धित रोचक जानकारी दिनेछौं ।

संसारको पहिलो क्यामेरा फोन

जुन २००० मा, सामसंगले संसारको पहिलो यस्तो फोन प्रस्तुत गर्यो, जसमा फोटोग्राफीको लागि क्यामेरा दिइएको थियो । यो स्मार्टफोन एक फ्लिप स्मार्टफोन थियो जुन सामसंग एससीएच–भि २०० मोडेल नम्बरको साथ संसारमा सार्वजनिक  गरिएको थियो ।

फोनमा ०.३५ एमपी क्यामेरा दिइएको थियो । यो फोनको सबैभन्दा ठूलो कमजोरी भनेको फोनमा फोटो खिचेपछि त्यसलाई हेर्न कम्प्युटरमा जडान गर्नुपर्थ्यो ।

फ्ल्याससंग पहिलो क्यामेरा फोन

नोभेम्बर २००२ मा, अर्को जापानी कम्पनी सान्यो एससीपी–५३०० ले आफ्नो मोबाइल फोन सार्वजनिक गरेको थियो । फ्ल्यास हुने यो संसारको पहिलो फोन थियो । यस फोनमा डिजिटल जुम, फोटो फिल्टर इफेक्ट, सेल्फ टाइमर र ह्वाइट ब्यालेन्स जस्ता सुविधाहरू पनि रहेका थिए ।

एक वर्ष भित्र, स्यानयो एससीपी–५३०० मोबाइल फोनले डिभीडी प्लेयरहरूको ठूलो बजारमा प्रतिस्पर्धा गर्न थाल्यो । त्यतिबेला यो फोनको मूल्य ४०० अमेरिकी डलर थियो ।

पहिलो फ्रन्ट क्यामेरा फोन

सोनीले सन् २००४ मा सोनी एरिक्सन जेड १०१० मोबाइल लन्च गर्‍यो जसले मोबाइल क्यामेरालाई नयाँ प्रवृति दिएको थियो । अगाडि क्यामेरा भएको यो संसारको पहिलो फोन थियो । यस फोनमा ०.३ एमपी फ्रन्ट क्यामेरा रहेको थियो ।

फोनमा फ्रन्ट क्यामेरा अफिस वा बैठकको समयमा भिडियो कन्फरेन्सिङका लागि मात्र सुरु गरिएको थियो । त्यसबेला ‘सेल्फी’ शब्द आगामी दिनमा चलन बन्नेछ भन्ने कसैलाई थाहा थिएन ।

पहिलो डुअल क्यामेरा फोन

एलजी र एचटीसी ले फोनमा दुईवटा क्यामेरा सेन्सर दिन थालेका थिए । फेब्रुअरी २०११ मा, एलजीले एलजी अप्टिमस थ्रीडी पि ९२० फोन सार्वजनिक ग¥यो र एचटीसीले मार्चमा एचटीसी इभो थ्रीडी लन्च गर्यो । त्यसबेला डुअल क्यामेरा थ्रीडी फोटो र भिडियो खिच्नका लागि मात्रै ल्याइएको थियो ।

पहिलो डुअल फ्रन्ट क्यामेरा फोन

लेनोभोले विश्वमै पहिलोपटक दुईवटा सेल्फी क्यामेराले सुसज्जित फोन ल्याइएको थियो । सन् २०१५ मा बर्लिनमा आयोजित आइएफए कार्यक्रममा लेनोभोले विश्वको पहिलो डुअल फ्रन्ट क्यामेरा फोनलेनोभो भाइभ एस १ प्रस्तुत गरेको थियो । यस फोनमा ८ मेगापिक्सेल र २ मेगापिक्सेलका दुई फ्रन्ट क्यामेरा रहेका थिए ।