कीवर्डहरू -

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँको ठमेलस्थित अजा डायनास्टीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले अजा डायनास्टीमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।