कीवर्डहरू -

क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना हुँदै

क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना हुँदै

टेक वेबिनार नेपालले क्वालिटी एस्योरेन्सबारे वेबिनार आयोजना गर्ने भएको छ । आगामी आइतबार साँझ ७ बजेदेखि सुरू हुनेछ ।

यो टेक वेबिनार नेपालको ५४ औँ श्रृखंला हो । यस कार्यक्रममा सेभेन टेस्टिंग प्रिन्सिपलको बारेमा छलफल गरिनेछ । त्यस्तै टेस्टिंग भनेको के हो ? एजाइलमा रिस्क बेस्ड टेस्टिंग के हो भन्ने बारे पनि छलफल गरिनेछ ।

क्वालिटी एस्योरेन्सका चुनौतीहरू पनि छलफलको विषय रहेको छ । यो सँगै अरु विभिन्न प्राविधिक विषयहरुमा पनि छलफल गरिनेछ जसको बारेमा यहाँ क्लिक गरेर बुझ्नुहोस् ।

क्वालिटी एस्योरेन्स विषयमा वक्ताको रुपमा आस्टर डिओको क्यूए इन्जिनियर निरु मिश्र र कोभिटीका प्रमुख सफ्टवेयर इन्जिनियर अम्बिका सिंह रहेका छन् । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।