कीवर्डहरू -

आफ्नो लुक परिवर्तन गर्ने तयारीमा फेसबुक 

आफ्नो लुक परिवर्तन गर्ने तयारीमा फेसबुक 

मेटाको सोशल मिडिया प्लेटफर्म अर्थात् फेसबुकले आफ्नो लुक परिवर्तन गर्ने तयारी गरिरहेको छ । यसलाई इन्स्टाग्राम जस्तै मेकओभर दिइने बताइएको छ ।

फेसबुकले आफ्ना केही फिचरको नाम परिवर्तन पनि गर्ने भएको छ । प्लेटफर्मले आफ्नो ’वाच’ ट्याबलाई ’भिडियो’ मा परिवर्तन गर्दैछ । एपमा रिल्स, लामो किसिमको कन्टेन्ट र लाइभ भिडियो समावेश गर्न पनि विस्तार हुँदैछ ।

भिडियो–आधारित फिडको अतिरिक्त, प्रयोगकर्ताहरूले सर्च बटन मार्फत सर्च पेज पहुँच गर्न सक्छन् । साथै तपाइँ विभिन्न प्रकारका रिल, लंग फर्म कन्टेन्ट र प्रासंगिक विषयहरू र ह्यासट्यागहरूसँग सम्बन्धित लाइभ भिडियोहरू सहितको सर्च पेजमा पहुँच गर्न सक्नुहुन्छ ।

युट्युबको सफलताको प्रतिक्रियास्वरूप फेसबुकले २०१७ मा ’फेसबुक वाच’ सुरु गरेको थियो । यस वर्षको सुरुमा, कम्पनीले यसको मूल प्रोग्रामिङ विभाजन पनि बन्द गरेका छ ।

थप रूपमा, गत वर्ष फेसबुकले लाइभ भिडियो उत्पादनहरू जस्तै शपिंग र गेम स्ट्रिमिङ पनि बन्द गरेको छ ।फेसबुकले रिल्स र मुख्य फिडमा नयाँ सम्पादन उपकरणहरू पनि थप्दैछ ।