कीवर्डहरू -

डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्डबाट सम्मानित

डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्डबाट सम्मानित

डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्ड २०२३ मार्फत सम्मानित भएका छन् । इन्टरनेट सेवा प्रदायक विधामा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले बताएको छ । रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्त्वपूर्ण उपलब्धि हाँसिल गर्न समेत सफल भएको कम्पनीको भनाइ छ ।

फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ, डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको छ । यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्नको लागि सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता समेत कम्पनीले पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।