कीवर्डहरू -

वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा, २१ लाख प्रयोगकर्तालाई सेवा दिदैं 

वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा, २१ लाख प्रयोगकर्तालाई सेवा दिदैं 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २५ औं वार्षिकोत्सव मनाईरहेको छ । नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी समेत रहेको वर्ल्डलिंकले सन् १९९५ मा ईमेल सेवा मार्फत आफ्नो सेवा सुरु गरेको थियो ।

हालसम्म वर्ल्डलिंकको सेवा चारलाख ८ हजार ५ सय घरमा सेवा उपलब्ध गराइसकेको छ । कम्पनीले देशका ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । भने नेपालमा आयात हुने व्याण्डविथको ४३ प्रतिशत ल्याउने गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत १० हजार ३० स्थानमा पब्लिक वाईफाई विस्तार गरेको छ । जसका दैनिक १ लाख ५१ हजार प्रयोगकर्ता रहेका छन् ।

वर्ल्डलिंकका अहिलेसम्म २१ लाख प्रयोगकर्ता रहेका छन् । कम्पनीले करिब ४ हजार जनालाई रोजगारी प्रदान गरेको छ ।

कम्पनीले एकवर्षमा आफ्ना सबै ग्राहलाई नयाँ प्रविधि आईपीभी सिक्समा लैजाने बताएको छ । सन् २०१८ मा कम्पनीले आईपीभी सिक्स प्रविधि इनेबल गरेको थियो ।

वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।

वर्ल्डलिंक सूचना प्रविधि क्षेत्रको ठूलो करदाता समेत हो । बेलायतको सीडीसी कम्पनीले वर्ल्डलिंकमा लगानी समेत गरेको छ । वर्ल्डलिंक नेपालका आईएसपी मध्ये वैदेशीक लगानी भित्र्याउने एकमात्र कम्पनी हो ।