कीवर्डहरू -

आइफोन र आइप्याडका लागी एप्पलले ल्यायो आईओएस १४.४ अपडेट, यस्ता छन् नयाँ फिचर

आइफोन र आइप्याडका लागी एप्पलले ल्यायो आईओएस १४.४ अपडेट, यस्ता छन् नयाँ फिचर

एप्पलले आइफोन र आइप्याड प्रयोगकर्ताका लागी आईओएस १४.४ अपडेट ल्याएको छ । नयाँ अपडेटमा पहिलेको भन्दा केही बदलावहरु ल्याइएको जनाइएको छ । एप्पलले यो अपडेटसँगै सेटिङ्गको मेन्यूमा नयाँ परिवर्तन ल्याएको छ ।

अब भने प्रयोगकर्ताले आइफोनको बुलुटुथसँग जोडेर कस्तो खालको थर्ड—पार्टी अडियो डिभाइस प्रयोग गर्ने भनेर छान्न दिन्छ । यसले आइफोनको अडियो लेभललाई राम्रो तरीकाले नाप गर्न दिन्छ र सुन्नु हुने भन्दा बढि भोलुम पारेर सुनेमा चेतावनी दिने गर्दछ ।

एप्पलले आईओएस १४.४ मा सुरक्षाको समस्याहरुलाई पनि समाधान गरेको बताएको छ । यो अपडेटले अपरेटिङ सिस्टमको कर्नल कोड र सफारीको वेबकीट इन्जिनको तीन ओटा समस्यालाई ठीक गरेको छ ।

यदि समस्या समाधान नभएको भए प्रयोगकर्र्ता नोक्सानी हुने खालको वेबसाइट प्रयोग गरेमा डिभाइस नै ह्याक हुने खालको समस्या थियो । एप्पलले क्यूआर कोड राम्ररी चिन्नका लागी क्यामेरा एपमा पनि केही परिमार्जन गरेको छ ।

यसले कीबोर्ड ल्यागलाई पनि ठीक गर्ने गर्दछ । यो अपडेटलाई आफै सेटिङ्ग मेन्यूमा गएर पाउन सकिन्छ ।