कीवर्डहरू -

जब अर्थव्यवस्था अधिक डिजिटल हुन्छ, त्यसले डाटाको विशाल ताल उत्पन्न गर्छ

जब अर्थव्यवस्था अधिक डिजिटल हुन्छ, त्यसले डाटाको विशाल ताल उत्पन्न गर्छ

हालका केही महिना यता विश्व एक असाधारण चुनौती, अनिश्चितता र जटिलता सामना गरिरहेको छ । एउटा महामारीले विश्वलाई आक्रान्त बनाएको छ र हाम्रो जीवनका प्रायः सबै क्षेत्रहरूमा असर गरेको छ । हाम्रो पहिले जस्तै यात्रा गर्ने, काम गर्ने र खेल्ने निजी स्वतन्त्रतामा परिवर्तन भएको छ ।

अर्थव्यवस्था संचालन गर्ने तरिकामा पनि प्रभाव पारेको छ । रिमोट वर्किंगले एकै रात सामान्य रुप लिन पुगेको छ । वास्तवमा डिजिटलीकरणका सबै प्रकारहरू तीव्र भएको छ । अर्थव्यवस्थाको यो डिजिटलीकरणको महत्वलाई कम मान्न सकिदैन ।

न्यु नर्मले विश्वास निर्माण गर्न र यसलाई कायम राख्नमा थप भ्यालु र जोड दिएको छ, जसले सहयोगी कार्य र इनोभेसनको आधार प्रदान गर्दछ ।

वास्तवमा, हामी सबैलाई जोडेर राख्ने विश्वास नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मलाई लाग्छ सामाजिक आदर्श र प्रविधि बीचको अन्तरक्रिया अर्को दशकसम्मको आर्थिक विकासको मुख्य चालकहरु मध्ये एक हुनेछ ।

यो ईन्टरफेस दुई तरिकाले समावेश छ । समाज र टेक्नोलोजी समावेश गर्ने ईन्टरफेसको पहिलो तरीकाले कसरी हामी डिजिटल प्रविधि र त्यसको प्रयोगहरुको विनियमन गर्न छनौट गर्दछ भन्नेमा प्रकाश पार्दछ ।

दशकौंसम्म विश्वभरि आर्थिक बृद्धि गर्न डिजिटल टेक्नोलोजीहरूको पूर्ण रूपमा अतुलनीय सम्भाव्यता छ तर यी प्रविधिहरूको अनियमित उपयोगले समृद्धि र स्वतन्त्रतालाई दीर्घकालीन बनाउँदैन ।

तदनुसार, सरकार र नियामकहरूले विश्वव्यापी सिद्धान्त–निर्देशित विधायिकी फ्रेमवर्कहरू निर्माण गर्न सँगै काम गरिरहेका छन् जसले उपयुक्त विकास र प्राविधिक आविष्कारहरूको प्रयोगलाई अनुमति दिन्छ र प्रोत्साहित गर्दछ ।

जब हाम्रो अर्थव्यवस्थाहरू अधिक डिजिटल हुन्छन्, तिनीहरू डाटाको विशाल ताल उत्पन्न गर्दछन् जुन प्रसारण, भण्डारण, प्रशोधन र पुनः प्राप्त गरेको हुनु पर्दछ । यस प्रविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुमति दिने नियमहरू आवश्यक छ तर तिनिहरु द्रुत रूपमा विकसित हुनु पर्दछ ।

सही दृष्टिकोण अपनाउने कुरामा निरन्तर छलफल भइरहेको छ । र, अझै पनि, मुद्दाहरूको जोखिम हेर्दा नियमकर्ताहरू र सरकारहरूले इनोभेसनको कारण पछाडि नपर्न द्रुत गतिमा अघि बढ्नु आवश्यक छ । यस सम्बन्धमा, जर्मनीको भर्खरको आईटी सुरक्षा ऐन २.० ले उत्कृष्ट प्रस्तुती गर्दछ ।

यसले पूर्वाधारको आईटी सुरक्षामा सुधार गर्नका लागि स्पष्ट कानुनी रूपरेखा र एक ठोस आधार प्रदान गर्दछ । फाइभजी विकासको लागि, यसको मतलब त्यहाँ सबै प्रदायकहरूको लागि उच्च र अधिक समान सुरक्षा मापदण्ड हुनेछ । यो स्पष्टता विश्वासको महत्वपूर्ण घटक हो जुन हामीले प्रोत्साहन गर्न आवश्यक छ ।

समाज र प्रविधि बीच ईन्टरफेस देख्न सकिने दोस्रो तरीका भनेको हामीले अपनाउने मापदण्डहरू हो । विश्वव्यापी अर्थव्यवस्था एक हदसम्म एक आपसमा जडिएको छ जुन एक पीढी पहिले अकल्पनीय देखिन्थ्यो ।

अब आउने पुस्तामा, विश्व अर्थव्यवस्था निसन्देह अधिक गाहृो र अधिक डिजिटल हुनेछ । यस नयाँ विश्व अर्थतन्त्रको सफलता साझा मापदण्डमा निर्माण गरिनेछ ।

वास्तवमा, मापदण्डहरूको स्थापना बजारको गठन र विकासका लागि मात्र अनुकूल नभई यो उपभोक्ता संरक्षणको प्रमुख कारक पनि हुन पुगेको छ । प्रतिस्पर्धी बिना, ह्वावे जस्तै एक कम्पनी राम्रो हुन सक्छ । तर यदि सबै उत्पादनहरू ह्वावेको स्वामित्व प्रविधिको प्रयोग गर्ने हो भने यो उपभोक्ताहरुको लागि एक पूर्ण विपत्ति हुनेछ ।

स्टान्डर्डले प्राविधिक रुपमा एक अर्कासँग प्रतिस्पर्धा गर्न निर्माताहरूलाई बाध्य पार्दछ । प्रविधिको प्रारम्भिक दिनदेखि विकास लगभग विश्वव्यापी प्राविधिक मापदण्डहरुको अपनाईबाट संचालन भइरहेएको छ ।

टुजी स्टान्डर्डले हाम्रो लागि भ्वाईस र टेक्स्ट सेवाहरू ल्याएको छ, थ्रीजी स्टान्डर्डले संसारलाई मोबाइल इन्टरनेट प्रदान गरेको छ र फोरजीले हामीलाई डाटा युक्त सेवा र स्ट्रिमिंग सामग्री मोबाइल उपकरणमा दिएको छ । छन् ले अर्थव्यवस्थामा अझै थप सम्भावनाहरू थप्दै छ, तर प्रतिस्पर्धाको स्तर उच्च छ ।

स्टान्डर्ड र नियमहरू समाज र प्रविधि बीचको अन्तक्र्रियाको दुई अत्यधिक दृश्यात्मक प्रतीक हुन् र तिनले दुई विशेषताहरू देखाउँदछन, जुन मौलिक रूपमा महत्वपूर्ण छन् । तिनीहरूले विश्वास निर्माण गर्नु पहिलो हो । दोस्रो यो हो कि तिनीहरू जति धेरै व्यापक रूपमा अपनाइन्छ, त्यति नै बढी प्रभावकारी हुन्छन् ।

डिजिटल अर्थव्यवस्थाले एक अर्कासँग कुराकानी गर्ने र व्यापार गर्ने तरिका परिवर्तन गर्न जारी राख्नेछ । जब अन्तर्राष्ट्रिय व्यापार विकास भइरहेको थियो, यसले हाम्रा पूर्वजहरूलाई नयाँ प्राविधिक सीपहरू प्राप्त गर्न र तिनीहरूका साझेदारहरूलाई विश्वास गर्ने नयाँ तरिकाहरू निर्माण गर्न आवश्यक थियो ।

आजको डिजिटल अर्थव्यवस्थामा पनि छ । यसले व्यक्तिहरूमा एक अर्कासँग कुराकानी गर्ने र व्यापारिक चासोको साथ विश्वास निर्माण गर्ने तरिकालाई असर गर्नेछ ।

विश्वका साझा नियमहरु यो विश्वासको निर्माणको एक आवश्यक हिस्सा हो । जब हाम्रो अर्थव्यवस्था बढ्दो डिजिटल र डाटा–चालित हुन्छ, प्रविधि प्रशासन र डाटा प्रयोगका नियमहरू विश्वव्यापी व्यापारको लागि गम्भीर रुपमा र रणनीतिक हिसाबले महत्वपूर्ण हुनेछ । विश्वास निर्माण गर्नु आवश्यक छ र मानिस बिच विश्वास निर्माण गर्ने उत्तम तरिका समान ठाउँमा उभिनु हुन्छ ।

जब हामी ‘विश्वासले फरक पार्छ’ भन्छौं, हामी केवल हाम्रा ब्यापार साझेदारहरूमा विश्वासको कुरा गरिरहेका छैनौंः प्रयोगकर्ताहरूले उनीहरूले प्रयोग गर्ने प्रविधिमा पनि विश्वास गर्नुपर्दछ ।

एक प्रविधि राम्रोसँग विनियमित छ भन्ने ज्ञान त्यो प्रविधिमा विश्वास गर्ने दिशामा महत्वपूर्ण पहिलो चरण हो । यद्यपि केवल साधारण नियमहरू जुन व्यापक रूपले सार्बजनिक गरिन्छ त्यसले मात्र प्रविधि अपनाउने व्यापक विश्वासको निर्माण गर्दछ ।

विश्वव्यापी प्राविधिक मापदण्डहरू पनि विश्वास निर्माण गर्न गम्भीर रूपमा महत्वपूर्ण छन् किनकि तिनीहरूले सेवा र उत्पादनहरूलाई ठूलो बजारमा सजीलो गरी विस्तार गर्न अनुमति दिन्छन् । नतिजाको रूपमा, व्यक्तिहरू कुनै पनि अवरोध बिना सीमाना पारी गर्न पनि प्राविधिक इनोभेशनहरूमा भर पर्न सक्दछन् । यूरोपीयन संघको सफलताको थोरै भाग यसको आन्तरिक बजारको संचालनमा निर्मित छ ।

तर डिजिटल युगमा आर्थिक विकासको सफलता दुबै नियम र मापदण्डको व्यापक प्रयोगमा निर्भर गर्दछ । यदि एक नियमन एकपक्षीय रूपमा अपनाईएको छ र लागू गरीएको छ भने तब केहि कम्पनीहरूले सजिलै सम्बन्धित देशमा वा सँग व्यापार गर्नबाट टाढिन सक्दछन् ।

हाम्रो विश्वव्यापी अर्थतन्त्रका सबै भागहरू एक अर्कासँग नजिक भएको कारण नियामक सफलताको लागि उत्तम मार्ग पत्ता लगाउने हाम्रो प्रयासहरू विश्वव्यापी हुनुपर्दछ ।

विशेष रूपमा, हाम्रो बढ्दो डिजिटल र मोबाइल अर्थव्यवस्थाले सुरक्षा सम्बन्धित विश्वास र संवादमा ध्यान केन्द्रितको माग गर्दछ । हामीले यो सुनिश्चित गर्नुपर्दछ कि डिजिटल र साइबर सार्वभौमिकता पारस्परिक रूपमा सम्मान गरिएको, त्यो प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई सम्मान गरिएको र त्यो डाटालाई सुरक्षित र व्यवस्थित ढंगले प्रवाह गर्न अनुमति प्रदान गरिएको होस ।

प्राविधिक इनोभेसन, बढ्दो डिजिटलकरण र बढ्दो उत्पादन जटिलताले सबै आर्थिक साझेदारहरू बीच सहयोग बढाइरहेको छ । बदलामा यसले डाटाको सुरक्षित प्रसारणको आर्थिक महत्वमा थप वृद्धि गर्दछ ।

यी डाटा प्रवाहहरू भविष्यको डिजिटल अर्थव्यवस्थाको सप्लाई चेन हुन् र हामीले उनीहरूको सुरक्षाका लागि सचेत प्रयासहरू गर्नुपर्दछ ।

जसरी विश्वव्यापी सप्लाई चेनले लाखौंलाई गरीबीबाट माथि उठाएको छ, त्यसरी नै डिजिटल अर्थव्यवस्थामा डाटा–संचालित भ्यालु चेनले विश्वव्यापी समृद्धिमा ठूलो योगदान पुर्‍याउनेछ । यस्तो बेलामा जब विश्वासले पहिले भन्दा बढि महत्व राख्दछ, ह्वावे समृद्ध डिजिटल भविष्यमा यसको योगदानमा गर्व गर्दछ ।

वास्तवमा, कम्पनीले विश्वव्यापी डिजिटल र नियामक मापदण्डहरूको सिर्जना गर्नु र अपनाउनको लागि विशेष योगदानकर्ता हो, जुन यो विश्वास निर्माण गर्न अत्यन्तै महत्वपूर्ण छ ।

यी नियम र डाटा मापदण्डले महामारी पश्चातको अर्थव्यवस्थाको विश्वव्यापी समाजलाई बलियो र समृद्ध अर्थतन्त्र निर्माण गर्नको लागि सुनिश्चित मात्र नगरी उनीहरूले यो समृद्धिका फाइदाहरू पनि व्यापक रूपमा सम्भव हुने जति वितरण गर्ने अनुमति दिने छ ।

जब महामारी आयो, अन्तराष्ट्रिय सीमाना र सबै प्रकारका सार्वजनिक स्थलहरु बन्द गर्दा राष्ट्रवादी दृष्टिकोण अपनाउने भयानक प्रलोभन ल्याएता पनि हामीले यस प्रलोभनको एकदमै राम्रो प्रतिरोध गरेका छौं जस्तो देखिन्छ ।

जसरी हाम्रो समाज फेरि खुल्न थाल्छ र महामारीको पछिल्लो अर्थव्यवस्थामा प्रवेश गर्न थाल्छ, हामी सबैलाई विश्वासले कति फरक पार्छ भन्ने बारे राम्ररी थाहा हुन्छ ।

विश्वव्यापी ध्यान अब वास्तवमै साझा प्राविधिक मापदण्डहरूको व्यापक अडप्सन र देशको भ्यालु र मान्यतालाई प्रतिबिम्बित गर्ने नियामक र कानूनी रूपरेखामा हुन आवश्यक छ । आउँदो वर्षहरूमा विश्वव्यापी अर्थतन्त्रको आवश्यकताहरू पूरा गर्ने आर्थिक वृद्धि अनलक गर्नको लागि अडप्सन आवश्यक छ ।

यी साझा सिद्धान्तहरूले विश्वासको आधार तयार गर्नेछन् जसमा हामी इनोभेट र ग्रो गर्न हाम्रा संयुक्त प्रयासहरू निर्माण गर्नेछौं । यो विश्वास हाम्रो साझा सफलता को आधार हुनेछ । विश्वासले फरक पार्छ ।

(चेन लिफांग ह्वावेकी कर्पोरेट वरिष्ठ उपाध्यक्ष र बोर्ड निर्देशक हुन् )