कीवर्डहरू -

विद्युतीय प्रणालीबाट १८ लाख ७ हजार ५ सय ३३ व्यक्तिगत घटना दर्ता

विद्युतीय प्रणालीबाट १८ लाख ७ हजार ५ सय ३३  व्यक्तिगत घटना दर्ता

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा विद्युतीय प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्नेको संख्या १८ लाख ७ हजार ५ सय ३३ पुगेको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा घटना दर्ता गर्नेको संख्या १८ लाख ७ हजार ५ सय ३३ पुगेको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने स्थानीय तहको वडा संख्या ४ हजार ३२ पुगेको छ ।

साथै सरकारले २०३४ सालदेखि २०५७ साल सम्मका व्यक्तिगत घटना दर्ता सम्बन्धि ३२ लाख ७२ हजार २ सय ४४ सूचना फारमको डिजिटाइजेसन कार्य सम्पन्न भएको छ ।

गत फागुनसम्म विद्युतीय प्रणालीबाट ९ लाख ५९ हजार ९ सय ७७ जन्मदर्ता, २ लाख ३८ हजार ४ सय ८२ मृत्यु दर्ता, ३ लाख ८० हजार १९ विवाह दर्ता, ११ हजार १ सय १७ सनम्बन्ध विच्छेद दर्ता, २ लाख १७ हजार ९ सय ३८ बसाइसराइ दर्ता भएको छ ।