कीवर्डहरू -

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् ? यस्तो छ थाहा पाउने सजिलो तरिका

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् ? यस्तो छ थाहा पाउने सजिलो तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु हुन्छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छ की छैन भनेर कसरी निश्चित गर्ने ?

यदी तपाईको कम्प्युटरमा एन्टीभाइरस छ भने फाइलमा भाइरस भएको वा नभएको केही हदसम्म थाहा पाउन सक्छ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैनन् ।

आज हामी तपाईले इन्टरनेटबाट डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् भनेर थाहा पाउने सजिलो तरिकाको बारेमा जानकारी दिदै छौं ।

सुरूमा तपाई कुनै पनि सर्च इन्जिनमा जानुहोस् र भाइरस टोटल डटकम वेबसाइट खोल्नुहोस् । भाइरस टोटल खोलेपछि तपाईले त्यहाँ तीनवटा विकल्प देख्नुहुन्छ ।

एउटा फाइलको अर्को युआरएलको र त्यसैगरी अर्को सर्चको । यदि फाइलमा भाइरस छ कि छैन भनेर जानकारी पाउन सबैभन्दा पहिले भाइरस टोटलको फाइलमा जाने त्यसपछि चुज फाइलमा गएर फाइल सेलेक्ट गर्ने र स्क्यान गर्ने ।

यदि त्यो भन्दा पहिले कसैले त्यो फाइललाई स्क्यान गरेको छ भने रिएनालाइजमा गएर स्क्यान गर्न सकिन्छ । त्यसपछि तपाईलाई एउटा रिपोर्ट जस्तो देखाउँछ । यदी त्यहाँ डिटेक्सन रिसियो जिरो छ भने त्यो फाइलमा भाइरस छैन् ।

यदि भाइरस भए जिरो भन्दा अन्य अंक देखाउँछ । यदी त्यो फाइलमा भाइरस भए कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ ।