कीवर्डहरू -

सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्री नराख्न साइबर ब्यूरोको अनुरोध, राखे कारवाही हुने

सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्री नराख्न साइबर ब्यूरोको अनुरोध, राखे कारवाही हुने

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्रीहरु नराख्न अनुरोध गरेको छ ।

सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब लगायतमा व्यक्तिहरुको तस्वीर, भिडियो दूरूपयोग गर्दै फोटोशप, म्युटिलेट गरी प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री, कसैप्रति घृणा वा द्रेष फैलाउने उद्देश्यबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको ब्यूरोको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम ब्यरोबाट कारवाही हुँदै आएको विदितै भएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको साइबर ब्यूरोले जनाएको छ ।

हालको बन्दाबन्दी संक्रमणकालिन समयमा पनि सामाजिक सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरु नगर्न नगराउन ब्यूरोले अनुरोध गरेको छ ।

यदी त्यस्ता गतिविधी गरेको पाईएमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारवाही हुने ब्यूरोले जानकारी दिएको छ ।

\"\"