कीवर्डहरू -

भाइबरमा सुरु भयो नागरिक एप ‘हेल्प डेस्क’

भाइबरमा सुरु भयो नागरिक एप ‘हेल्प डेस्क’


सरकारले नागरिक एप सम्बन्धि कुनै पनि प्रश्न वा समस्या भएमा सहयोग गर्ने उद्देश्यले भाइबरमा नागरिक एप ‘हेल्प डेस्क’ सुरु गरेको छ ।

नागरिक सम्बन्धि कुनै पनि समस्या वा प्रश्न भएका भाइबर नम्बर +९७७ ११२२३३४४५५ मा पठाउन सकिने नागरिक एपले जनाएको छ ।

नागरिक एप गूगल प्ले स्टोरबाट ९ लाखभन्दा धेरै डाउनलोड भइसकेको छ ।
गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक भएको थियो ।