कीवर्डहरू -

नेपालसहित १६ टिम भिड्दै छन् १ करोड ७५ लाख पुरस्कारको पब्जी प्रतियोगितामा, यसरी हेर्नुस् लाइभ

नेपालसहित १६ टिम भिड्दै छन् १ करोड ७५ लाख पुरस्कारको पब्जी प्रतियोगितामा, यसरी हेर्नुस् लाइभ

बिहीबारदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू भएको छ । आउँदो आइतबारसम्म सञ्चालन हुने पीएमपीएल साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको छ । यो पुरस्कारको राशि मोबाइल इ-स्पोर्टसको इतिहासमै उच्च हो ।

दक्षिण एशियाका विभिन्न १६ टिमले पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको टाइटल र पुरस्कारको राशिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

पीएमपीएल सिजन थ्री साउथ एशिया फाइनलबाट ९ टिम, पीएमसीओ २०२१ स्प्रिङ हंकङ, मकाउ तथा टाइवानका ४ टिम, पीएमसीओ २०२१ स्प्रिङ एशिया वाइल्डकार्डका २ टिम र पीएमपीएल साउथ एशिया सिजन २ विजेता स्काईलाइट गेमिङ गरी १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये  ७ वटा टिम नेपालका छन् । जसमा डिआरएस गेमिङ, सेभेन सी इस्पोर्ट्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट गेमिङ रहेका छन् ।

त्यस्तै यो प्रतिस्पर्धामा बंगलादेश, पाकिस्तान, मंगोलिया, ताइवान, हङकङका लगायतका टिमले पनि प्रतिस्पर्धा गर्नेछन् ।

यसरी हेर्नुहोस् लाईभ

पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको लाइभ २ तरिकाबाट हेर्न सकिन्छ । एउटा युट्युब च्यानल र अर्को फेसबुक पेज । पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको लाइभ युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस् भने फेसबुकमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको आजको लाइभ राति ११ः१५ बजेबाट शुरू हुनेछ । साथै कुन बेला कार्यक्रम लाइभ हुन्छ भन्ने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।