कीवर्डहरू -

नाबालिकालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडियो पठाउने एक जना पक्राउ

नाबालिकालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडियो पठाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील तस्वीर (फोटो) र भिडियो पठाउने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १७ डल्लु बस्ने २६ वर्षीय सानु पौडेल रहेका छन् ।

पौडेलले ती नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक पटक अश्लील भिडियो पठाउने तथा पीडितको अनुहार एवं अपरिचित महिलाको नग्न शरीर जोडी मोर्फेड तस्वीर/ भिडियो पठाई दु:ख हैरानी दिनुका साथै चरित्र हत्या गर्ने कार्य गरेकाले उनलाई ब्यूरोको टोलीले गत जेठ २८ गते पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालतको आदेशबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।