कीवर्डहरू -

मोबाइल लुटपाट गर्ने २ जना कञ्चनपुर प्रहरीको फन्दामा

मोबाइल लुटपाट गर्ने २ जना कञ्चनपुर प्रहरीको फन्दामा

कञ्चनपुर प्रहरीले मोबाइल लुटपाट गरेको आरोपमा २ जनालाई बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट-७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाल रहेका छन् ।

भीमदत्त-६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल दुवै जनाले लुटपाट गरेका थिए ।

उक्त घटनाको सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोशाकमा खटीएको प्रहरी टोलिले लुटेराहरूलाई पक्राउ गरेको हो ।