कीवर्डहरू -

सरकारले स्टार्टअप उद्यमी तथा संस्थालाई पुरस्कृत गर्ने

सरकारले स्टार्टअप उद्यमी तथा संस्थालाई पुरस्कृत गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) उद्यमी तथा संस्थालाई पुरस्कृत गर्ने भएको छ । आज एक सूचना प्रकाशित गरी मन्त्रायले आगामी सातदिन भित्र योग्यता पुरा गरेका कम्पनी वा फर्मले प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ मा नवीनतम ज्ञान, सीप र क्षमताको प्रयोग गरी स्टार्टअप उद्योग स्थापना गरेका लघु, घरेलु, साना तथा मझौला उद्योग सञ्चालन गरेका उद्यमी (फर्म वा कम्पनी) लाई कदर र सम्मान गरी थप प्रोत्साहन गर्ने कार्यक्रम अनुसार पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

उक्त प्रस्ताव [email protected] इमेलमा वा मन्त्रालयको औद्योगिक पूर्वाधार महाशाखामा बुझाउन सकिने छ ।

प्रस्तावसाथ संकलन गर्नुपर्ने विवरण र सो सम्बन्धि अन्य कुरा यस वेबसाइट बाट डाउनलोड गर्न सकिने छ ।  साथै मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाबाट प्रस्ताव सम्बन्धि कागजात उपलब्ध हुनेछन् ।

हेर्नुहोस् सूचना