कीवर्डहरू -

क्वाड रियर क्यामेरासहित सामसङ ग्यालेक्सी एम ३२ नेपालमा सार्वजनिक हुँदै

क्वाड रियर क्यामेरासहित सामसङ ग्यालेक्सी एम ३२ नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एम ३२ छिट्टै सार्वजनिक हुदै छ । ६.४ इन्च इन्फिनिटी यु एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको ग्यालेक्सी एम ३२ छिट्टै नेपालमा सार्वजनिक हुने भएको हो ।

९० हर्ज रिफ्रेस रेट भएको फोनमा क्वाड रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल मुख्य सेन्सर, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, २ मेगापिक्सेल म्याक्रो सेन्टर र २ मेगापिक्सेल डेप्थ फिल्ड सेन्सर छन् ।

यसमा २० मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । एम ३२ मा ३० एफपीएसमा १०८० पीमा भिडियो खिच्न सकिन्छ । फोनमा मिडिया टेकको हिलोयो जी ८० प्रोसेसर प्रयोग गरिएको छ ।

नेपाली बजारमा सामसङ ग्यालेक्सी एम ३२ ४ जीबी र ६ जीबी र्‍यामका साथ उपलब्ध हुनेछ । भने ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पनि उपलब्ध हुनेछ ।

एन्ड्रोइड ११ मा आधारित फोनमा ६ हजार एमएएचको ब्याट्री रहेको छ । साथै फोनले २५ वाट फास्ट चार्जिङ समेत सपोर्ट गर्नेछ । सामसङ ग्यालेक्सी एम ३२ फोन ३० हजार रूपैयाँको वरिपरि नेपाली बजारमा उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।