कीवर्डहरू -

वेबसाइट प्रयोग गर्दा एरर ४०४ म्यासेज आए के गर्ने ?

वेबसाइट प्रयोग गर्दा एरर ४०४ म्यासेज आए के गर्ने ?

पिसी वा ल्यापटपमा काम गरिरहँदा पक्कै पनि कहिले न कहिले हामी सबैले आफ्नो स्क्रीनमा ४०४ एररको म्यासेज पक्कै पनि देखेको हुनुपर्छ ।

यो एक एचटीटीपी स्टाटस कोड हो जसले हामीले सर्भरमा त्यो निश्चित पेजको पहँच पाउन सकेनौँ भन्ने जनाउँछ । यो म्यासेजलाई धेरै जसो वेबसाईटहरुले आफै कस्टमाइज गरेका हुन्छन् । यो मेसेज यी प्रकारले आउने गर्दछ ।

४०४ एरर

४०४ एरर नट फाउण्ड

एरर ४०४

सर्भरमा रिक्वेस्ट गरिएको यूआरएल पाईएन

एचटीटीपी ४०४

एरर ४०४ नट फाउण्ड

एचटीटीपी ४०४ नट फाउण्ड

४०४ पेज नट फाउण्ड

किन आउने गर्दछ त यस्तो मेसेज ?

यो मेसेजले विशेषगरी प्रयोगकर्ताले गलत यूआरएल टाइप गरेको वा पेज कहीँ अन्तै सरेको वा हटाइएको भनेर बुझाउने गर्दछ । कुनै पुराने पेजको यूआरएललाई नयाँ राखेको ठाउँमा रिडाईरेक्ट नगरेको भएमा पनि यही मेसेज आउने गर्दछ ।

यस्तो मेसेज आएमा के गर्ने त ?

पुनः वेबपेज खोल्न प्रयास गर्नका लागि एफाई थिच्नुहोस् वा यूआरएललाई पुनः एड्रेस बारबाट रिफ्रेस गर्न खोन्जुहोस् । कहिँलेकाही सजिलै रिफ्रेस गरेर पनि पेज लोड हुने गर्दछ ।

यूआरएलमा केही समस्या भएमा पनि एररको मेसेज आउनेहुँदा यूआरएल गलत टाइप भएमा पनि यस्तो भएको हुन सक्छ ।

त्यो पक्षलाई ध्यान दिनुपर्छ । उदाहरणका लागि www.web.com/a/b/c.htm ले एरर ४०४ को मेसेज दिएमा www.web.com/a/b/ प्रयास गर्नुपर्छ ।

आफूलाई चाहिएको कुरा चर्चित सर्च इन्जिनबाट खोजेमा पनि कुन यूआरएल हो भनेर भेटाउन सकिन्छ । त्यो पेज पाएमा भविष्यमा यो समस्या नहुनका लागि बुकमार्क राख्ने गर्नुहोस् ।

ब्राउजरको क्याचलाई क्लियर गरेमा पनि एरर ४०४ को मेसेज धेरै हदसम्म आउन बन्द हुन्छ । ब्राउजरको कुकीज पनि समय समयमा क्लियर गरिरहनुपर्छ ।