कीवर्डहरू -

टीसीएलका वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको मोटर वारेन्टी

टीसीएलका वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको मोटर वारेन्टी

इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले नेपाली बजारमा वासिङ मेसिन भित्र्याएको छ । हालै टीसीएलले नयाँ मोडलका वासिङ मेसिनहरु बजारमा ल्याएको हो ।

फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेसिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन् ।

फ्रन्ट लोडिङ वासिङ मेसिनमा अधिक–हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानी मै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ ।

न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधि भित्रै लुगा धुन मिल्ने यस वासिङ मेसिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ ।

बीएलडीसी मोटर जडान गरिएको यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र ५ वर्षको पीसीबी वारेन्टी रहेको छ । पी सिरिज मोडलमा उपलब्ध टीसीएलका वासिङ मेसिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन् ।