कीवर्डहरू -

एन्ड्रोइड १२ मा नयाँ इमोजी अपडेट, सयौँ नयाँ क्यारेक्टर थपिए 

एन्ड्रोइड १२ मा नयाँ इमोजी अपडेट, सयौँ नयाँ क्यारेक्टर थपिए 

एन्ड्रोइड १२ मा गूगलले फेरि इमोजी अपडेट ल्याएको छ । यो अपडेटले एन्ड्रोइड १२ मा सयौँ नयाँ क्यारेक्टरहरु थप्ने भएको छ । यसलाई थुप्रै एप र प्लेटफर्महरुबाट पहुँच पाउन सकिने छ ।

यसमा फर्सीको पाईको सट्टामा युनिभर्सल पाई र खुशी भएर मास्क लगाएका ईमोजीहरु रहेका छन् । स्रिम्प र क्रोसेन्टलाइ अझै राम्ररी पकाईएको खालको पनि ईमोजी राखिएको छ ।

पहिले मास्क लगाएको मान्छे विरामी जस्तो देखाइएको थियो तर अबको ईमोजि महामारीमा लाएर राम्रो काम गरेको जस्तै देखाइएको छ ।

गूगलले इमोजीलाई अझै वास्तविक बनाउने प्रयास गरिरहेको छ । यसले गर्दा ईमोजि प्रयोग गर्न सहज हुने गर्दछ । अब ईमोजिको राम्रो सपोर्ट जिमेलमा र युट्युब च्याटमा पनि उपलब्ध हुने भएको छ ।