कीवर्डहरू -

गैर प्राविधिकलाई एआई सिकाउँदै फ्युजमसिन, कसरी हुने सहभागी ? 

गैर प्राविधिकलाई एआई सिकाउँदै फ्युजमसिन, कसरी हुने सहभागी ? 

आगामी साउन १८ गतेदेखि गैर प्राविधिकलाई लक्षित गरी ‘एआईटुगो वर्कशप’ शुरू हुँदैछ । अप्राविधिहरुलाई लक्षित गरी एआईको क्षेत्रमा काम गरिरहेको संस्था फ्युजमसिनले यो वर्कशप आयोजना गरेको हो ।

चार हप्तासम्म सञ्चालन यस वर्कशप साँझ ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । यसमा सूचना प्रविधि सम्बन्धि प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरुका साथै एआईको ज्ञान नभएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।

यस तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन शत्रहरु समावेश गरिएको छ । यस कार्यक्रममा एआइ, मेसिन लर्निङ (एमएल) को बारेमा आधारभूत कुराहरुको छलफल गरिनेछ । यस कोर्सलाई डेक्स्टप र मोबाइलबाट पहुँच पाउन सकिने छ ।

कार्यक्रम चलिरहेको समयमा सहभागीहरुले थप पठनपाठन सामाग्रीको पनि पहुँच पाउनेछन् । यो वर्कशपको अन्त्यसम्ममा सहभागीहरुले मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, डिप लर्निङ, क्लासिफिकेसन, रिग्रेसन, कम्प्यूटर भिजन, न्याचुरल लैंग्वेज प्रोसेसिङ्, डेटासेट तथा एआई मोडेलको बनावट र एमएलमोडेल निर्माणका लागि आवश्यक पर्ने पाइथन सम्बन्धि कार्यमूलक आधारभूत जानकारी प्राप्त गर्नेछन् ।

विज्ञहरुबाट यो वर्कशपमा एआई सिकाइने छ । यो वर्कशपले यसले देशभर एआईको महत्वको बारेमा सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने फ्युजमेसिन्सका संस्थापक डा. समिर मास्केले जानकारी दिए ।

एआईटूगो वर्कशप बारे थप जानकारी लिन तथा सहभागी हुन् यहाँ क्लिक गर्नुहोस् । चाँडै सहभागी हुनेहरुको लागि कम्पनीले २० प्रतिशत छुट समेत उपलब्ध गराएको छ ।