कीवर्डहरू -

यि पाँच कम्पनीको कब्जामा विश्व मोबाइल बजार, साओमीको छलाङ   

यि पाँच कम्पनीको कब्जामा विश्व मोबाइल बजार, साओमीको छलाङ   

विश्व बजारमा आफ्ना मोबाइल बिक्री गर्न स्मार्टफोन कम्पनीहरुको तीव्र प्रतिस्पर्धा छ । हरेक महिना कम्पनीहरुले आफ्नो फोन बिक्री गर्न नयाँ नयाँ फिचर र मोडल ल्याइरहेका छन् ।

अहिले विश्व बजार हेर्ने हो भने मुख्य पाँच कम्पनीले ७० प्रतिशत बजार हिस्सा ओगटेका छन् । जसमा केही कम्पनीको प्रगति तीव्र छ ।

पछिल्लो रिपार्टअनुसार सामसङ, साओमी , एप्पल, ओपो र भिभोले विश्व बजारको टप फाइभ कम्पनी बनेका छन् । सन् २०२१ को दोस्रो त्रैमासिक विवरणअनुसार विश्व बजारमा मोबाइल बिक्री १२ प्रतिशतले वृद्धि भएको छ । जसमा सबैमा सबैभन्दा धेरै प्रगति साउमीले गरेको छ ।

विश्व सिपमेनटको प्रारम्भिक रिपार्टअनुसार टप फाइभ कम्पनीमा सबैभन्दा अगाडि छ कोरियन कम्पनी– सामसङ । यसले विश्व मोबाइल बजारलाई लिडिङ गरिरहेको छ । यसको विश्व बजारको हिस्सा १९ प्रतिशत रहेको छ । यस अवधिमा यसको प्रगति १५ प्रतिशत रहेको छ ।

त्यस्तै, दोस्रोमा पर्न सफल भएको साओमी। यस चिनिया कम्पनी पहिलो पटक विश्व बजारमा दोस्रो स्थानमा पर्न सफल भएको हो । उसले अमेरिकी कम्पनी एप्पललाई पछि पार्दैै दोस्रो स्थानमा पर्न सफल भएको हो ।

यो विश्वमा ८३ प्रतिशतले आफ्नो बजार वृद्धि गर्दै दोस्रोमा पर्न सफल भएको छ जसको विश्व मोबाइल बजारको हिस्सा १७ प्रतिशत रहेको छ ।

त्यस्तै, तेस्र्रोमा झरेको छ, एप्पल । एप्पलको यस अवधिको प्रगति सन्तोषजनक छैन । आफ्नो बिक्रीमा १ प्रतिशतले वृद्धि गर्दैै विश्व बजार हिस्सा १४ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, तेर्सो स्थानमा छ ओपो, जसको विश्व बजार हिस्सा १० प्रतिशत रहेको छ । यसले यस अवधिमा २८ प्रतिशतले आफ्नो बिक्रीलाई बढाएको छ ।

पाँचौं स्थानमा पर्न सफल भएको मोबाइल कम्पनी हो, भिभो । बजार विस्तार २७ प्रतिशतले बढाउँदै विश्व बजार १० प्रतिशत बजार हिस्सा कामय गर्न सफल भएको छ ।

\"\"

साओमी को छलाङ

पछिल्लो वर्षमा साओमी ले तीव्ररुपमा विश्व बजारमा मोबाइल पठाउन सफल भएको छ । यसले आफ्नो बजारमात्र बढाएको छैन आफूभन्दा अगाडि रहेको एप्पललाई उछिन्दै दोस्रो स्थानमा समेत पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ल्याटिन अमेरिकामा ३०० प्रतिशतले मोबाइल बिक्री बढाएको छ भने अफ्रिकामा १५० प्रतिशत, पश्चिम युरोपमा ५० प्रतिशतले मोबाइल बिक्री बढाएको छ ।

तर, यसको बिक्री मूल्य भने पहिलो स्थानमा रहेको सामसङ र तेस्रो स्थानमा रहेको एप्पलको भन्दा सस्तो छ । साओमी मोबाइलहरुको बिक्री मूल्य सामसङभन्दा ४० प्रतिशत र एप्पलभन्दा ७५ प्रतिशत सस्तो रहेको छ ।

साओमी सस्तो मोबाइल उत्पादन गरेर बजार प्रवेश गरे पनि अहिले उसले उच्च स्तरका स्मार्टफोनमा फोकस गरिरहेको छ । यो वर्ष साओमीको धेरै माग भएको मोबाइल एमआई ११ अल्ट्रा हो । तर, उस्तै फिचर भएका ओपो र भिभोसँग यसले प्रतिस्पर्धा गर्न गाह्रो हुने अनुमान गरिएको छ ।

यही रुपमा साओमीले बजार विस्तार गर्ने हो भने सामसङलाई उछिन्दै पहिलो स्थानमा छिट्टै पुग्ने विश्व बजारमा आँकलन गरिएको छ ।

साओमीसँग धेरै प्रकारका मोबाइल छन्, जसले गर्दा उपभोक्ताले छानीछानी किन्न पाउँछन् । उसले अहिले मुख्य तीन ब्रान्डमा मोबाइल उत्पादन गरिरहेको छ– एमआई, रेडमी र पोकोफोन ।

मोडलका आधारमा उसका मोबाइलहरु सस्तोदेखि महंगो मूल्यमा उपलब्ध छन् । जस्तो कि विश्व बजारमा रेडमी ९ ए एक सय डलरभन्दा कममा उपलब्ध छ भने एमआई ११ अल्ट्रा १ हजार ४ सय अमेरिकी डलर तोकिएको छ । यो वर्ष एमआई ११ अल्ट्रा जस्ता मोबाइलको बिक्री बढेको छ ।

चीनपछि साओमीको सबैभन्दा धेरै बिक्री हुने देश भारत हो । साथै, उसले युरोप, अफ्रिका जस्ता ठाउँमा पनि बजार विस्तार उच्च छ । अमेरिकामा भने यसले बजार विस्तार गर्न खासै सकेको छैन । ह्वावेको प्रतिबन्धले पनि यसलाई केही असर गरेको अनुमान छ ।