कीवर्डहरू -

प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सोलुसन प्रालि र डिजिहब प्रालि सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

प्रोग्रेसिभ फाईनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट-एक्सबाट कागज निर्भर ऋण कार्यप्रवाह डिजिटल माध्यमबाट गर्न सकिन्छ । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ ।