कीवर्डहरू -

पिनट्रेस्टबाट पनि अब आम्दानी गर्न सकिने

पिनट्रेस्टबाट पनि अब आम्दानी गर्न सकिने

पिनट्रेस्टले क्रियटरहरुलाई आफ्नो प्लेटफर्ममा पैसा कमाउने मौका दिने भएको छ । कम्पनीले आफ्नो मोनिटाईजेसन टूलको पहिलो सेट क्रियटरहरुका लागि सार्वजनिक गरेको छ ।

अब क्रियटरहरुले प्रडक्ट पिन राख्न सक्नेछन् जसमा थिचेर प्रयोगकर्ताहरुले प्रडक्टहरु किन्न सकनेछन् । प्रडक्ट पिन अप्सनसँगै अब आईडिया पिनको पनि फिचर आउने कम्पनीले जनाएको छ ।

प्रडक्ट पिनको तुलनामा आईडिया पिनमा ट्याग गरिएको प्रडक्ट प्रयोगकर्ताले ८९ प्रतिशत बढी खरिद गर्ने कम्पनीको विश्वास रहेको छ । यो फिचरमा प्रख्यात व्यक्तिहरु सोही डिजाइनमा कुन प्रडक्ट प्रयोग गरेका थिए भनेर पनि हेर्न सक्ने हुँदा यो फिचरको प्रयोग धेरै प्रयोगकर्ताले गर्ने कम्पनीको आशा छ ।

क्रियटरहरुले यो फिचरमा अफिलियट लिकं पनि प्रयोग गर्न सक्नेछन् । यसमा ब्रान्डेड कन्टेन्ट राख्ने प्रयोगकर्ताहरुले पेड पाटर्नसीप भनेर लेबल पनि राख्न सक्ने छन् । साथै ती ब्राण्डहरुलाई ट्याग पनि गर्न सकिने छ ।

यसले गर्दा क्रियटरहरुले आफ्नो फलोअरसँग पारदर्शी भएर कसले स्पन्सर गरेको हो भनेर बताउन सक्नेछन् । क्रियटरहरु मज्जाले पैसा कमाउन सक्ने एपको विश्वास रहेको छ । आईडीया पिनको अप्सन अहिले अमेरिका र बेलायतमा उपलब्ध छ र पछि अरु देशहरुमा पनि उपलब्ध हुनेछ ।