कीवर्डहरू -

महिलाभन्दा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा पुरूष धेरै

महिलाभन्दा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा पुरूष धेरै

नेपालमा महिलाभन्दा पुरूषले सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा  महिलाभन्दा बढी पुरूष मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको देखाएको छ ।

प्रतिवेदन अनुसार ३३.५० प्रतिशत पुरूष मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । भने २९.३७ प्रतिशत महिला मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

‍त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगमा पनि पुरूष अगाडि रहेका छन् । तथ्यांक अनुसार पुरूष इन्टरनेट बैंकिङ प्रयोगकर्ता ४.३८ प्रतिशत रहेका छन् भने महिला इन्टरनेट बैंकिङ प्रयोगकर्ता २.९२ प्रतिशत रहेका छन् ।