कीवर्डहरू -

सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा आइटीमा आधारित बनाउन निर्देशन

सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा आइटीमा आधारित बनाउन निर्देशन

महालेखा परीक्षकको कार्यालयले सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा सूचना प्रविधि प्रणालीमा आधारित बनाउनु पर्ने बताएको छ ।

शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा सूचना प्रविधि प्रणालीमा आधारित बनाउनु पर्ने उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘सेवाग्राहीको बढी चाप रहने मालपोत, नापी, वैदेशिक रोजगार, यातयात व्यवस्था, राहदानी, अध्यागमन लगायतका कार्यालयले प्रदान गर्ने सेवामा सेवाप्रवाह गर्ने कार्यविधि र प्रक्रियामा सरलीकरण गरी सूचना प्रविधि प्रणालीमा आधारित बनाउनुपर्दछ ।’

त्यस्तै सूचना प्रविधिको पहुँच नभएको र बढी सेवाग्राहीको उपस्थिति हुने स्थानमा सेवाप्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन चक्रिय समय प्रणाली, टोकन प्रणाली, लेआउट व्यवस्थापन, गुनासो सुनुवाईको व्यवस्था र हेल्प डेस्क प्रणाली लगायत उपयुक्त सेवाप्रवाह विधि कार्यान्वयनमा ल्याउनु पर्ने बताइएको छ ।