कीवर्डहरू -

राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड खर्च, ७१ हजार २४ वितरण 

राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड खर्च, ७१ हजार २४ वितरण 

गत दुई वर्षमा राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड ७४ लाख खर्च भएको छ । महालेखापरीक्षणकको ५८ प्रतिवेदनमा राष्ट्रिय परिचयपत्र कार्यक्रमका लागि गत वर्ष र यसवर्ष समेत १ अर्ब ६४ करोड ७४ लाख खर्च भएकोमा सोभन्दा अगाडिको खर्च विवरण प्राप्त हुन नसकेको उल्लेख गरिएको छ ।

गत असार मसान्तसम्म ७१ हजार २४ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७७ असार मसान्तसम्म १ लाख १४ हजार ७३९ उत्पादन तथा छपाइ भएकोमा ७१ हजार २४ मात्रै राष्ट्रिय परिचयपत्र वितरण भएको छ ।

महालेखापरीक्षणकको प्रतिवेदनमा यो वर्ष १७ प्रतिशत नेपालीले राष्ट्रिय परिचयपत्र व्यवस्था गर्ने लक्ष्य राखेकोमा विभागबाट प्राप्त विवरणअनुसार २०७७ असार मसान्तसम्म १ लाख १४ हजार ७३९ उत्पादन तथा छपाइ भएको र  ७१ हजार २४ वितरण गरेको उल्लेख गरिएको छ ।

नेपाल सरकारले २०७६/७७ को नीति तथा कार्यक्रममा चार वर्षभित्र र बजेट वक्तव्यमा दुई वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गरिने उल्लेख गरिएको थियो ।

साथै महालेखापरीक्षणकको कार्यालयले वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार कार्यक्रम सञ्चालन गरी अपेक्षित लक्ष्य हासिल गर्न निर्देशन दिएको छ ।