कीवर्डहरू -

८ जीबी र्‍यामसहित पोको एफथ्री जीटी नेपालमा, कति होला मूल्य ?  

८ जीबी र्‍यामसहित पोको एफथ्री जीटी नेपालमा, कति होला मूल्य ?  

नेपाली बजारमा पोको एफथ्री जीटी सार्वजनिक भएको छ । साओमीले सोमबार नेपालमा पोको एफथ्री जीटी सार्वजनिक गरेको हो ।

मिडियाटेक डायमेन्सिटी १२०० प्रोसेसर प्रयोग भएको यस फोनमा ६.६७ इन्चको टर्बो एमोलेड डिस्प्ले राखिएको छ । १२० हर्ज रिफ्रेस रेट रहेको पोको एफथ्री जीटीमा ४६० टच स्याम्पलिङ रेट रहेको छ ।

पोको एफथ्री जीटीमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज उपलब्ध रहेको छ । मेटल फ्रेममा डिजाइन भएको यसलाई डुअल कोर्निङ गोरिल्ला ग्लास ५ ले सुरक्षित गरिएको छ । फोनमा ६४ मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा छन् ।

१६ मेगापिक्सेल सेल्फी क्यामेरा भएको पोको एफथ्री जीटीमा फिंगरप्रिन्ट र फेस अनलको सुविधा रहेको छ । यसमा कम्पनीले ५०६५ एमएएचको ब्याट्री राखेको छ । जसले ६७ वाट सोनिक चार्ज सपोर्ट गर्छ । बक्समा ६७ वाटको एडाप्टर उपलब्ध रहेको छ ।

यसमा म्यागलेभ ट्रिगर, जीटी स्वीच, भ्यापर च्याम्बर कुलिङ लगायतका सुविधा छन् । यसमा हेडफोन ज्याकको सुविधा भने छैन् । यसले फाइभजी समेरत सपोर्ट गर्छ । एन्ड्रोइड ११ मा आधारित यसमा साओमीको एमआई युआई १२.५ उपलब्ध रहेको छ ।

पोको एफथ्री जीटीको मूल्य नेपाली बजारमा ५६ हजार ९९९ रूपैयाँ तोकिएको छ । आगामी नोभेम्बर ३० भन्दा अगाडि खरिद यो फोन गर्ने ग्राहकले एक वर्षको ब्रेकेज इन्स्योरेन्स सुविधा पाउने छन् ।