कीवर्डहरू -

आइस्पानले भन्योः भरतपुरमा इन्टरनेट अवरूद्ध भए सोको जिम्मेवारी विद्युत प्राधिकरणले लिनुपर्छ

आइस्पानले भन्योः भरतपुरमा इन्टरनेट अवरूद्ध भए सोको जिम्मेवारी विद्युत प्राधिकरणले लिनुपर्छ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले भरतपुर लगायतका क्षेत्रमा इन्टरनेट सेवा अवरूद्ध हुन सक्ने बताएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै आस्पानले भरतपुर (लगायतका क्षेत्रमा) इन्टरनेट सेवा अवरूद्ध हुन सक्ने प्रवल सम्भावना देखिएको जानकारी दिएको हो ।

यदी भरतपुरमा इन्टरनेट सेवा अवरूद्ध भए सोको जिम्मेवारी सम्पूर्ण नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने आस्पानले जनाएको छ ।

आस्पानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हालै देशका विभिन्न ठाउँमा र विशेष गरी भरतपुरमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरूले दूरसञ्चार उपकरणहरू लुटेर लग्ने, इन्टरनेटको तार (फाइबर) काट्ने, इन्टरनेट मर्मत कार्य गर्दा अवरोध पुर्‍याउने, इन्टरनेट सेवा प्रवाह गर्ने कार्यहरूमा बाधा उत्पन्न गर्ने र नियतवश इन्टरनेट सेवालाई अवरोध पुर्‍याउने जस्ता दूरसञ्चार ऐन २०५३ लाई उल्लंघन गर्ने क्रियाकलापहरू भरतपुरमा गर्दै आउनु भएको जानकारी तपाईरूलाई दिन चाहन्छौं ।’

आस्पानका अनुसार नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अहिलेसम्म लुटिएका दूरसञ्चार उपकरण फिर्ता दिएको छैन् र  उल्लेखित विभिन्न क्रियाकलापहरु गरी इन्टरनेट सेवामा अवरोध पुर्‍याएकोले सेवा प्रवाह गर्न हम्मे हम्मे परेको छ ।

विद्युती प्राधिकरणले अचाक्ली भाडादर वृद्धि गरेपछि ग्राहकमा भाडादरको कुनै असर नपरोस भन्ने हेतुका साथ उच्च स्तरीञ छलफल गरिरहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तर विद्युत प्राधिकरणले डिजिटल नेपाल, कोभिड १९ को अवस्था, आमउपभोक्तामा पर्ने असर लगायतका केहीको पनि ख्याल नराखी यस किसिमका गतिविधि गरेको आस्पानले बताएको छ । साथै इन्टरनेट सेवा अवरूद्ध भएमा नेपाल विद्युत प्राधिकरणका कारणले नै हुने आस्पानले जानकारी दिएको छ ।