कीवर्डहरू -

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा डिशहोमका  तर्फबाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्व, विभिन्न संचार माध्यमका पत्रकार, डिलर दाइ, स्थानीय समाजसेवी, बुद्दिजिवि लगायतको सहभागी रहेको थियो ।

उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भएको बताए ।

सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधा सहित बुधबारबाट जडान हुने जनाइएको छ । १० एमबीपीएसदेखि १०० एमबीपीएस सम्मको प्याकेज उपलब्ध रहेको छ ।

सहरी क्षेत्रमा सुरु गरेको डिशहोम फ़ाईबर नेटले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने डिशहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले बताए ।

डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा  पनि छिट्टै सुरु हुने उनले जानकारी दिए । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिसहोम, डिसहोम फाइबर नेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक  तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरण गर्दै आएको छ ।