कीवर्डहरू -

आईफोन १३ प्रो र प्रो म्याक्समा १२० हर्जको रिफ्रेस रेट, सबैभन्दा बढी चार्ज टिक्ने आईफोन 

आईफोन १३ प्रो र प्रो म्याक्समा १२० हर्जको रिफ्रेस रेट, सबैभन्दा बढी चार्ज टिक्ने आईफोन 

एप्पलले मंगलबार साँझ भएको ‘क्यालिफोर्निया स्ट्रीमिङ’ कार्यक्रममा आईफोन १३ सिरिज सार्वजनिक गरेको छ । यसमा अझै प्रिमियम प्रो फ्ल्यागसिप पनि रहेको छ । आईफोन १३ प्रो र प्रो म्याक्समा १२ प्रो र प्रो म्याक्सको तुलनामा छिटो चल्ने स्क्रीन, सानो नच र नयाँ रगंहरु रहेको छ ।

यसमा १२० हर्जको अडाप्टिभ स्क्रीन पनि रहेको छ । एप्पलले १००० निट्सको ब्राईटनेस भएको नयाँ सुपर रेटिना एक्सडीआर डिस्पले पनि ल्याएको छ । यो सबैभन्दा बढि ब्राईटनेस भएको आईफोन हो र पहिलेको तुलनामा २५ प्रतिशतले ब्राईटनेस बढेको छ ।

पहिलो पटक कम्पनीको आईफोनमा प्रो मोसन उपलब्ध रहेको छ । रिफ्रेस दर १२० हर्जको रहेको छ । तपाईले गेम खेल्दा वा केही स्क्रोल गर्दा मात्रै रिफ्रेस दर १२० हर्जको हुनेछ नभए ईमेजमात्रै हेरिरहँदा रिफ्रेस दर १० हर्जको मात्रै हुनेछ । आईफोन १३ र आईफोन १३ मिनीझैँ यस डिभाइसमा पनि कम्पनीको ए १५ बायोनिक चिप प्रयोग गरिएको छ ।

यो ५ न्यानो मिटरको चिप हो र अरु प्रतिस्पर्धी भन्दा ५० प्रतिशत छिटो काम गर्ने कम्पनीको दावी रहेको छ । चिपमा दुईटा नयाँ हाई परफोरमेन्स कोर, चार ओटा एफीसियन्सी कोर, छिटो चल्ने फोर कोर ग्राफिक प्रोसेसर र छिटो चल्ने न्यूट्रल इन्जिन रहेको छ ।

एप्पलले भिडियो पक्षलाई विशेष ध्यान दिदै सिनेम्याटिक मोड पनि ल्याएको छ । यसले भिडियो खिच्दा अझै स्थीरता प्रदान गर्ने गर्दछ । यसमा ससानो कुरालाई पनि फोकस गर्नका निम्ति मेसिन लर्निङको प्रयोग गरिएको छ । प्रो मोडेलमा पाँच ओटा कोर भएको जिपियू प्रयोग गरिएको छ ।

प्रोको क्यामेरा प्रणाली पनि सुधारिएको छ । यसमा ७७ एमएमको नयाँ टेलिफोटो क्यामेरा रहेको छ जसले तीन गुणा सम्म अप्टिकल जूम प्रदान गर्ने गर्दछ । त्यस्तै अल्ट्रावाईड सेटअपमा पनि अटोफोकस रहेको छ ।

ए १५ बायोनिक चिपको सुधारिएको ईमेज सिग्नल प्रोसेसिङले गर्दा म्याक्रो फोटोग्राफीसँगै ६ गुणा सम्म अप्टिकल जूम रहेको छ । यो पानीका लागि आईपी ६८ रेट गरिएको छ ।

आईफोन १३ प्रो म्याक्स गत सालको मोडेल भन्दा २.५ घण्टा बढी चल्ने कम्पनीको दावी छ, जसले गर्दा यो सबैभन्दा बढी चार्ज धान्ने भिाईसको रुपमा चिनिन्छ । आईफोन १३ प्रो पनि गत सालको मोडेल भन्दा १.५ घण्टा बढि चल्ने गर्दछ ।

आईफोन १३ प्रोको ६.१ इन्चको स्क्रीन हुने गर्दछ र प्रो म्याक्सको ६.७ इन्चको स्क्रीनहुने गर्दछ । यी मोडेलहरु शुरूवाती मूल्य ९९९ डलरमा तोकिएको । यो सेप्टेम्बर २४ देखि विक्रीका लागि उपलब्ध हुनेछ ।