कीवर्डहरू -

ट्वीटरले नयाँ भिडियो अप्लोडका लागि गुणस्तरीयतामा ल्यायो सुधार 

ट्वीटरले नयाँ भिडियो अप्लोडका लागि गुणस्तरीयतामा ल्यायो सुधार 

ट्वीटरले अब देखि नयाँ भिडियो अप्लोड गर्दा राम्रो गुणस्तरीयता प्रदान गर्ने दावी गरेको छ । भिडियो कम पिक्सेलको र बढि गुणस्तरीयताको हुने कम्पनीले जनाएको छ । एपको सुरुवाती समय देखिनै भिडियो गुणस्तरीयतामा समस्या आईरहने हुनाले यो अपडेट ल्याईएको हो । ट्वीटरले भिडियो अपलोड हुँदा हुने प्रि प्रोसेसिङ फिचरलाई हटाईदिएको छ ।

प्रि प्रोसेसिङ फिचरकै कारणले गर्दा भिडियोको क्वालिटी घट्ने गरेको ट्वीटरले द भर्जलाई बताएको छ । यो फिचरले भिडियो सजिलै पोस्ट गर्नका निम्ति क्लिपलाई स-सानो भागमा विभाजन गरिदिने गर्दछ जसले गर्दा भिडियोको क्वालिटी घटिरहेको थियो ।

यो अपडेट सबैका लागि उपलब्ध हुने भएता पनि यो नयाँ भिडियो अपलोड गर्दा मात्रै अपडेटले काम दिनेछ । यो अपडेटले गर्दा भिडियोको क्वालिटी युट्युब जस्तो एचडीनै नभएता पनि पहिले भन्दा धेरै परिवर्तन देखिएको छ ।