कीवर्डहरू -

आगामी हप्ता वानप्लस नाइन आरटी सार्वजनिक हुँदै

आगामी हप्ता वानप्लस नाइन आरटी सार्वजनिक हुँदै

वानप्लस नाइन आरटी आउँदो हप्ता सार्वजनिक हुने आशा गरिएको छ । यस फ्ल्यागशिप स्मार्टफोनका फिचरको बारेमा आधिकारिक रुपमा कम्पनीले जानकारी गराएको छ । कम्पनीले चिपसेट, डिस्प्ले लगायतका जानकारी भने सार्वजनिक गरिसकेको छ । विबो पेजमा हालैका कतिपय पोस्टमार्फत वानप्लसले नाइन आरटीमा स्नापड्रागन ८८८ चिपसेट प्रयोग गर्ने निश्चित गरेको छ ।

वानप्लस नाइन आरटीमा टीमा अधिकतम १२० हर्ज रिफ्रेश रेट भएको  ‘स्ट्रेट’ सामसङ ई४ एमोलेड डिस्प्ले हुनेछ । फोनमा एलपीडीडीआर ५ ¥याम र यूएफएस ३.१ स्टोरेज हुनेछ । यदि तपाईंको फोनमा रहेको ¥याम खपत भएर भरियो भने त्यसबाट ७ जीबी स्टोरेज भर्चुअल ¥यामको रुपमा प्रयोग गर्न सकिनेछ । एमएएच क्षमताको ब्याट्री रहने यो फोनमा ६५ वाटको फास्ट चार्जिङ सिस्टम हुनेछ ।

फोनको डिस्प्लेले ६०० हर्ज टच स्याम्पलिङ रेटलाई समेत सपोर्ट गर्दछ । वनप्लस नाइनआरटीमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । फोनको मूल्यबारे केही पनि जानकारी आएको छैन । कम्पनीले अक्टोबर १३ मा चीनमा नयाँ उपकरण सार्वजनिक  गर्ने बताएको छ ।