कीवर्डहरू -

अब कार्ड नभएपनि माछापुच्छ्रे बैंकका ग्राहकले एटिएमबाट पैसा झिक्न सक्ने

अब कार्ड नभएपनि माछापुच्छ्रे बैंकका ग्राहकले एटिएमबाट पैसा झिक्न सक्ने

माछापुच्छ्रे बैंकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा सञ्चालनमा ल्याएको छ । यो सेवासँगै अब कार्ड नभएपनि एटिएमबाट पैसा झिक्न सकिने भएको हो ।

यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउने छन् । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ अप्सनमा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि प्राप्त भएको ओटीपी कोड राखेर एटिएमबाट पैसा निकाल्न सकिने छ । बैंकले ओटिपी कोड गोप्य र सुरक्षित राखी कारोबार गर्न अनुरोध गरेको छ ।