कीवर्डहरू -

सेन्चुरी बैंकको खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

सेन्चुरी बैंकको खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । साथै १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।

यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ ।

त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले बताएको छ ।

केही सेकेन्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट खल्तीमा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ । यो अफर मंसिर ३ देखि पुस ४ गतेसम्म लागू हुने छ ।